सोलुखुम्बु : जब वर्षा लाग्छ अनि लिखुपिके गाउँपालिका सँग जोडिएको सड्क लिखुपिके २ मा रहेको कोर्सि खोलाले बर्षैपिच्छे बगाउँदै आएको छ । गएरातीको अबिरल बर्षाको कारण कोर्सि खोलाको सड्क बगाएको छ । यसले गर्दा अब लिखुपिके गाउँपालिका सबारी साधन मार्फत आवतजावत गर्न नसकिने भएको हो । अबिरल वर्षा सँगै खोलाकै छेवैमा रहेको सड्कको नमुना समेत नरहनृ गरि बगाएको स्थानियहरुले बताएका छन । बर्षैपिच्छे यस क्षेत्रको सड्कको ममर्मतको लागि लाखौँ बजेट छुट्टिदै आएको भएपनि बर्षामा सड्कको नमुना समेत नरहने हुँदा स्थानियलाई पैदल हिँड्न समेत अपठ्यारो हुँदै आएको छ । पैदलयात्रीलाई समेत हिड्दा माथिबाट ढुङ्गा माटो खस्ने होकी भन्दै तर्सित भएर हिड्नु पर्ने बाध्यता रहेको यो सड्कै निम्ति करोडौँ बजेट सकिदाँ सम्म सड्क ब्यबस्थित हुन नसक्दा स्थानिय बासीहरुले बिकल्प खोज्न समेत सम्बन्धित निकाएलाई ध्यानाकर्षण गराएका छन । हाल यसै सड्क अन्तरगत केहि ठाउँमा मर्मत समेत हुँदै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय