सोलुखुम्बु : लिखुपिके गाउँपालिका वडा न ४ को वडा स्थरिय योजना तर्जुमा भेला सम्पन्न भएको छ । लिखुपिके गाउँपालिकाका उपाध्यक्ष ङालाक्पा शेर्पाको प्रमुख आतिथ्यतमा वडाको योजना तर्जुमा भेलामा वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत, वडा सदस्यहरु लगायत विभिन्न पाट्रिका पार्टी प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको ।

भेलामा वडाभित्र रहेका सड्कलाई ब्यबस्थित बनाउने, शिक्षा स्वास्थ्य ,खानेपानी ,सञ्चार लगायतलाई वडामा छुट्टिएको बजेटले समग्र वडाको बिकासमा ध्यान दिने वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले बताउनु भयो । साथै वडा अध्यक्ष बस्नेतले वडाबासिहरुको समस्यालाई मध्यनजर गर्दै वडाबाट सेवा प्रबाहा चुस्त दुरस्त दिने बताउनु भयो ।
कार्यक्रममा वडा न ४ को बिकास निर्माणमा गाउँपालिका बाट हुने आबश्यक बजेट लगायतको ब्यवस्थामा कुनैकमि हुन नदिने गाउँपालिका उपाध्यक्ष ङवाङ लाक्पा शेर्पाले बताउनुभयो । वडाबासीहरुले निर्माणधिन रहेको खानेपानी तत्काल बन्नुपर्ने जनसेवा आधारभुत बिद्यालयको अधुरो भबणलाई तत्काल निर्माण गर्न समेत वडा तथा पालिकामा आबश्यक पहलको माग गरेका छन ।
कार्यक्रममा पुर्ब गाबिस अध्यक्ष पोष्ट कुमार कार्की , पुर्ब जिल्ला समन्वय समिती सदस्य चरित्र भुजेल , पुर्ब वडा सदस्य कैलाशदेब बस्नेत विभिन्न सँघ सँस्थाका प्रमुख एबम प्रतिनिधि लगायतको उपस्थिति रहेको थिषो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय