रामेछाप:उमाकुण्ड गाउँपालिका वडा न ३ कुभुकाँस्थली निबासी पुर्ब प्रहरी सहायक निरिक्षक लाेक गायक सारङ्गि बाधक अरनिको यातायात समितीका सेन्टर इन्चार्ज हाल mv दुगढ हाइड्रोपावर tm अप्रेटर समेत रहेका गंगा बहादुर बस्नेतलाई गएको जेठ ५ गते राती २ बजेको समयमा आक्रमण भएको छ ।
उमाकुण्ड गाउँपालिका वडा न १ पेकनास हाइड्रोपावर स्टाेर गेट अगाडि आगो बालेर बसेका दुइ जना ब्यक्ति उमाकुण्ड १ का किसान बस्नेत र दोलखा चरिकोटका रामचन्द्र श्रेष्ठले टान्जेक्सन मिक्चर गाडि रोक्न लगाई ढुङा हानी अगाडि सिसा समेत फुटाएर चालक बस्नेतलाई गाडिबाट ओराली मरनसन्य हुने गरि कुटपिट गरेको पिडित चालक बस्नेतले बताउनु भयो ।
कुटपिट बाट बस्नेतको कानमा गहिरो चोट लागेको छ ।
कुटपिट बाट घाईते भएका चालक बस्नेतको काठमाडौ स्थित kmc हस्पिटलमा उपचार भईरहेको प्रहरीले बताएको छ । बिना कारण रातिको समयमा आक्रमण गर्नु घोर आपत्ती जनाउँदै घाइते बस्नेतका आफन्तले उपचार खर्च सबै ब्यहोर्नु पर्ने र आक्रमण गर्ने दुबै जनालाई कडा कारबाही को माग गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय