सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । ४ सय ५४ मत खसेका उक्त वडामा नेपाली काँग्रेसका मिङ्मार ग्याल्जे शेर्पा २ सय १६ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दि नेकपा माओबादी केन्द्रका छिरिङ शेर्पाले १ सय ९५ मत ल्याएका लिए ।
४ जना वडा सदस्य पनि सबै काँग्रेस कै निर्वाचित भएका छन् । उक्त वडाबाट काँग्रेसबाट पालिका अध्यक्षकी उम्मेदवार मिना कार्कीले २ सय ११ मत ल्याएकी छिन भने माओबादीका उम्मेदवार डम्बरबहादुर बस्नेतले १ सय ८७ मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार पोष्टकुमार कार्कीले २३ मत मात्र प्राप्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय