सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा शान्तिपुर्ण मतदान भएको छ । ७ वटा मतदान केन्द्र रहेको यस गाउँपालिकामा सबै मतदान केन्द्रमा मतदान सम्पन्न भएको निर्वाचन अधिकृत ऋषिराम भट्टराईले बताउनु भयो । एक नगरपालिका र सात वटा गाउँपालिका रहेको सोलुखुम्बु जिल्लामा कुल ८० हजार १८ जनाले मतदाता रहेका थिए । जसममध्ये लिखुपिकेमा कुल मतदाता संख्या ४९०७ रहेका थिए । जसमध्य ३२०९ मत खसेको लिखुपिके गाउँपालिका निर्बाचन अधिकृत ऋषिराम भट्टराईले बताउनु भयो ।

जिल्लाको लिखुपिके गाउँपालिका अन्तर्गत गोलि आधारभुत बिद्यालयमा ७६१ मत मध्य ४४९ मत खसेको छ ।
बुद्व माबि गोली मतदान केन्द्रमा १०२० मत मध्य ६४० मत खसेको छ ।
नमुना आधारभुत बिद्यालय मतदान केन्द्रमा २६४ मतदाता मध्य १६५ मत खसेको छ ।
हिमगंगा माबि मतदान केन्द्रमा ९५७ मतदाता मध्य ६५१ मत खसेको छ ।
जनसेवा आधारभुत मतदान केन्द्रमा ९६२ मत मध्य ६४८ मत खसेको छ ।
बुढाकिन्जा आधारभुत मतदान केन्द्रमा २०२ मध्य १४० मत खसेको छ ।
चन्द्रज्योती आधारभुत बिद्यालयमा केन्द्रमा ७४१ मतदाता मध्य ५११ मत खसेको अधिकृत भट्टराईले बताउनु भयो । ७ वटै मतदान केन्द्रबाट मत पेटिका गाउँपालिका आईसकेपछी सर्बदलिय बैठक बसी आजै रातिबाट मत गनन गरिने पनि जानाकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय