सोलुखुम्बु : वैशाख ३० शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सोलुखुम्बुमा सबै तयारी पुरा भइसकेको जनाइएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका अनुसार मतदान केन्द्रमा मतपेटिका, मतपत्र लगायतका सामाग्री पुगिसकेको छ भने बुथ निमार्ण लगायतका काम अन्तिम चरणमा पुगेको छ । स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदान स्थलमा म्यादी सहितको सुरक्षाकर्मी परिचालन गरिसकिएको छ । सशस्त्र प्रहरी रनेपाली सेना पनि छुट्टै रुपमा खटने जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाध रुपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था बनाइएको छ भने निजी तथा सार्वजनिक सवारी पुर्ण रुपमा बन्द गरिएको छ शुक्रबार दिन पास लिएका सवारी साधन मात्र सञ्चालन हुने छन । निर्वाचनका लागी जिल्लामा ६ सय २८ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृत सन्तोष प्रसाद पराजुलीले जानकारी दिनुभयो । सोलुखुम्बुमा सुरक्षाका लागी १ हजार ८ सय बढी सुरक्षाकर्मी खटिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय