सोलुखुम्बु :सोलुखुम्बुमा आजबाट सबै सरकारी कायालयको सेवा स्थगित भएको छ । सरकारी कार्यालयहरुले प्रवाह गर्ने अत्यावश्यकका बाहेकका सबै सेवा प्रवाह बन्द गरिएको साहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी भट्राईले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न कार्यालयका कर्मचारीहरु स्थानीय निर्वाचनको कार्यक्रमका लागि खटिई गएकोले कार्यालयहरुवाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक सेवा बन्द रहने छ । चुनावका लागि कार्यालयका कर्मचारीहरु खटिएर गएको र सामान्य कामका लागि समेत कार्यालयमा नागरिकहरु आउदा नागरिकहरुलाई दुख हुने भएकोले सूचना प्रकाशित गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय