“सचेत नागरिक समुह”प्रगतिशील युवा समुहको साझेदारीमा सार्वजनिक प्रतिबद्धता सहितको अन्तरक्रिया कार्यक्रम आइतबार लिखुपिके गाउँपालिका वडा न ३ को हिमगंगा माबिमा सम्पन्न भएको छ । सबै लिखुपिके बासीलाई आशन्न स्थानिय तहको निर्बाचनमा सबै दल वाट भावी जनप्रतिनिधिको प्रत्यासीहरूले एउटै मञ्चमा आफ्ना भिजन, विचार र तपाई हाम्रो आवश्यकता सहितका केही प्रश्न उतर गरी असल उमेद्वार लाई अमुल्य मत हाल्न नेतृत्व क्षमता भएको योग्य व्यक्ति बन्ने अवसर हामी सृजना गर्ने उदेश्य सहित कार्यक्रम गरिएको सचेत नागारिक समुहका अनुप बस्नेतले बताए ।

कार्यक्रममा सबै पाट्रिका उम्मेदवारहरुलाई एउटै मञ्चमा राखेर उनीहरुका आगामी भाबि योजना , भिजन सहित प्रतिबद्धता गराउने कार्यक्रम भएता पनि नेकपा एमाले बाहेक अन्य दलका गाउँपालिका अध्यक्ष पदका प्रत्यासी / र उपाध्यक्ष पदका प्रत्यासी सहभागी नभएको सचेत नागारिक समुहका उमेश बस्नेतले बताए । साथ‌‌ उनले
अन्तरक्रिया कार्यक्रम समेत सहभागी हुन नसक्ने दलका प्रतिनिधिले आफु निर्वाचित पस्चात सम्पत्ति बिबरण सार्वजनिक गर्छु र कुनै पनि योजनाको सार्वजनिक सुनुवाई गरिन्छ भनि घोषणापत्र तयार गर्ने दलका प्रत्यासी आफु सार्वजनिक बहसलाई एउटा पनि प्रतिनिधिका प्रत्यासी उपस्थिति नहुदाको बखत लिखुपिकेमा यस्ता पार्टी नरहेको स्पष्ट हुन्छ , जनताको हक अधिकार र पारादर्शिता सहितको बिकासको निम्ति काम गर्ने पार्टी हो भने जनता प्रति उत्तरदायी हुनु आवश्यक रहेको बताए । कार्यक्रममा नेकपा एमाले बाट गाउँपालिका अध्यक्ष / उपाध्यक्ष पदका उम्मेदवार पोष्ट कुमार कार्की र सुष्मा लामा त्यस्तै २ ,३,र ४ का वडा अध्यक्षका उम्मेदवार र नेकपा माओवादीबाट वडा अध्यक्षका उम्बेदार, २ का सम्शेर तामाङ र वडा ३ का गोबध्वन बस्नेतको मात्रै उम्मेदवारीको रुपमा सहभागिता रहेको थियो । कार्यक्रममा सिदा खबरले मिडियाको भुमिका निभाएको थियो ।
सचेत नागारिक समुहले केही दिन यताबाटै गाउँ टोलटोलमा मतदातालाई सचेत गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय