सोलुखुम्बु:एमालेबाट उम्मेदवार दिएका गाउँपालिका अध्यक्षका आकांक्षी अध्यक्ष पोष्ट कुमार कार्कीले तामाको पैसा लिएर नागारिक माझ यदि कुनै जनताको नाममा आएको बजेट खानु बाबु आमाको रगत खानु बराबर हो भन्दै कसम खाँदै यदि निर्बाचित गरेमा आफू जनताको पक्षमा सँदै हाजिर हुने संकल्प ब्यक्त गर्नुभएको छ । साथै उहाँले गाउँपालिकाको केन्द्र, प्रशासकिय भबण काप्लेचौरम‌ हुने , लिखुपिके गाउँपालिकालाई भ्रष्टाचार शून्य बनाउने , ग्रामिन बिधुतिय कार्यक्रम मार्फत उज्यालो लिखुपिके निर्मान गर्ने , जनताको सेवालाई सर्बसुलभ बनाउने , कृषि क्षेत्रलाई प्राथामिकतामा राख्ने ।
शिक्षा र कृषिका माध्यमबाट युवा र किसानहरुमा दिगो आर्थिक समृद्धि दिलाउने , सबै जनताको स्वास्थ्यका लागि स्वास्थ्य बिमा लगायतका योजना र कार्यक्रमहरु संचालन गर्ने , युवाहरुमा स्वरोजगार कार्यक्रमहरु सञ्चालन गरि बेरोजगारी अन्त्य गर्ने ,लगायतका दर्जनौ सकारात्मक संकल्पहरु रहेका बताउनु भयो ।

तपाईलाई भोट किन भन्ने प्रश्ननमा जनतालाई कसम खुवाउनु ठिक कि ईमानका खातिर आफैं कसम खानु ठिक ? जनता जाग्ने बेला हो, जनताले जान्ने बेला हो यो । फुर्सदमा पछुताउ नगर्न “सुर्य” चिन्हमा मतदान गरौं ।
भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय