बिष्णु खड्का /सोलुखुम्बु नेकपा एमाले लिखुपिके गाउँपालिका सोलुखुम्बुले लिखुपिके गाउँपालिकामा चुनाबी आम सभा सम्पन गरेको छ । सभामा नेकपा एमाले प्रदेश न १ का साँसद बुद्विकुमार राजभण्डारीले सम्बोधन गर्नुभएको थियो । कार्यक्रम एमाले बाट उम्मेदवार बन्नु भएका गाउँपालिका अध्यक्ष पोष्ट कुमार कार्कीले तामाको पैसा लिएर नागारिक माझ यदि कुनै जनताको नाममा आएको बजेट खानु बाबु आमाको रगत खानु बराबर हो भन्दै कसम खाँदै यदि निर्बाचित गरेमा आफू जनताको पक्षमा सँदै हाजिर हुने संकल्प ब्यक्त गर्नुभयो । त्यस्तै वडा न ४ का निबर्तमान अध्यक्ष तथा हालका उम्मेदवार समेत रहनु भएका वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत सहित ५ वटै वडाका एमाले उम्मेदवारले सामुहिक प्रतिबद्धता जनाउँनु भएको छ । चुनाबी आमसभा सँगै नेकपा एमाले लिखुपिके गाउँपालिकाको घोषणा पुस्तक समेत सार्बजानिक गरेको छ । सार्वजनिक घोषणा पत्रमा गाउँपालिकाको केन्द्र, प्रशासकिय भबण काप्लेचौरम‌ हुने , लिखुपिके गाउँपालिकालाई भ्रष्टाचार शून्य बनाउने , ग्रामिन बिधुतिय कार्यक्रम मार्फत उज्यालो लिखुपिके निर्मान गर्ने , जनताको सेवालाई सर्बसुलभ बनाउने , कृषि क्षेत्रलाई प्राथामिकतामा राख्ने ।
शिक्षा र कृषिका माध्यमबाट युवा र किसानहरुमा दिगो आर्थिक समृद्धि दिलाउने , सबै जनताको स्वास्थ्यका लागि स्वास्थ्य बिमा लगायतका योजना र कार्यक्रमहरु संचालन गर्ने , युवाहरुमा स्वरोजगार कार्यक्रमहरु सञ्चालन गरि बेरोजगारी अन्त्य गर्ने ,लगायतका दर्जनौ सकारात्मक संकल्पहरु रहेका छन । साथै यो घोषणा पत्रमा टेकेर मतदान गर्न समेत उम्मेदवारहरुले सामुहिक रुपमा घोषणा किताब सार्वजनिक गरेका छन ।
साथै उम्मेदवारहरुले सामुहिक रुपमा मतदाताहरुले मतदान गरेमा यी घोषणा पत्रको किताबलाई आफ्नो सिरानीमा राखेर ५ बर्षसम्म काम हेर्न समेत आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय