BREAKING
राष्ट्रिय युवा संघ रामेछापले प्रेस चौतारी रामेछापलाई नगद सहित स्वास्थ्य सामाग्री सहयोग | अन्जन र नवयुगको गोलमा नेपालले ताइपेईलाई हरायो  | कार्यालय सहयोगीदेखि मुख्यसचिव सम्मको तलव एउटै दरमा वृद्वि, कसको कति ? (सूचीसहित) | हिमालयन प्रोजेक्ट द्वार स्वास्थ्य सामाग्री सहयोग बिपतमा सहयोग गर्ने दाताप्रति धन्यबाद | खिजीकातीका युवा कोरोना भाईरसको संक्रमण रोकथामका लागि जागरणमा जुटे | लिखुपिकेमा एक जना कोरोणा मुक्त १३ जनाको एन्टिजेन परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ | लिखुपिकेमा बज्यो खतराको घण्टी थप ७ जनामा कोरोना संक्रमण पुष्टि | नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली फेरि प्रधानमन्त्री नियुक्त | लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | |

सोलुखुम्बु : लिखुपिके गाउँपालिकामा लिखुपिके आधारभुत अस्पताल निर्माण गर्नका लागि निशुल्क रूपमा ७ रोपनी जग्गा प्राप्ति भएको छ । साबिकको चौलाखर्क गाबिस वडा नम्बर – ६ दोर्मा गाउँ बस्ने बहादुर बस्नेतका नातिहरु धन बहादुर बस्नेत , सनक बहादुर बस्नेत र धर्मबिक्रम बस्नेतले आआफ्नो भागको जग्गा मध्य अस्पताल निर्माण गर्न निशुल्क जग्गा दान गरेका हुन । उनीहरुले
मालपोत कार्यालय सोलुखुम्बुमा गई निशुल्क जग्गा अस्पतालको नाममा पास गरेका हुन । गाउँपालिकाले आईतबार जग्गादाता तिनै जनालाई सम्मान गरेको छ । कार्यक्रममा गाउँपालिकामा अध्यक्ष डम्बरबहादुर बस्नेतले दानी तीनै जनालाई धन्यबाद सहित अझ अस्पतालको भबण बनेपछी उच्च सम्मान सहित हौसला प्रदान गर्ने बताउनुभयो । यता जग्गा दान गर्ने ती नै जना दाताहरुले अब आफुहरुले निशुल्क दिएको जग्गाको कुनै गलत प्रयोग नभई उक्त स्थानमा चाँडै सुबिधा सम्पन्न अस्पताल हेर्न आँतुर रहेको बताएका छन । अन्य गाउँपालिकामा यस अघि नै गाउँपालिका स्थरिय अस्पतालको जग्गा खरिद भई कतिपय स्थानिय तहहरुमा अस्पताल समेत बनिसकेका छन । आशा छ लिखुपिकेमा पनि चाँडै सुबिधा सम्पन्न अस्पताल बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय