BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

सोलुखुम्बु : सोलुखुम्बुमा थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको लिखुपिके क्षेत्रमा पर्ने लिखुहाईड्रोपावरमा कार्यरत  ५ जना  मजदुरमा मंगलबार संक्रमण पुष्टि भएको आयोजनाले जनाएको छ ।

शंकास्पद लक्षण देखिएका ५० जनाको हाईड्रोपावरकै ल्याबमा पिसिआर परीक्षण गर्दा ५ जनाको रिपोर्ट पोजेटिभ आएको आयोजना प्रमुख डिल्ली गिरीले सिदा खबरलाई जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमण पुष्टि हुनेमा ४०, ५०, ५१ र ५५ बर्षिय पुरुष  रहेका  छन ।

उनीहरुलाई हाड्रोपावरको क्वारेन्टिनमा राखिएको छ भने सबैको स्वास्थ्य अबस्था सामान्य छ । संक्रमितहरु केहि समय अघि मात्रै काठमाण्डौँ र सप्तरीबाट  आएका थिए । यस अघि संक्रमण पुष्टि भएका ४ जनाको रिपोर्ट भने नेगेटिभ आईसकेको प्रमुख गिरीले बताउँनभयो ।

यससँगै जिल्लामा दोस्रो लहरको संक्रमण पुष्टि हुनेको संख्या १३ पुगेको सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाले जानकारी दिनुभयो । सोलुखुम्बु र रामेछापको सिमाना भएर बग्ने लिखु खोलामा निर्माणाधिन लिखुहाईड्रोपावर आफैँले पिसिआर मेसिन खरिद गरेर ल्याब सञ्चालन गरेको छ । तर मन्त्रालयले भने स्विकृती दिईसकेको अवस्था छैन् । उक्त हाईड्रोपावरमा सात सय जना भन्दा बढी कामदार कार्यरत रहेको आयोजनाले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय