BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बु : संसारका क्रान्तिकारी युवाहरु एक हौँ माक्सबाद लेनिनबाद माओबादी भन्ने मुल नारासहित योङ कम्युनिस्ट लीग वाइसियल नेपाल लिखुपिके गाउँपालिका भेला सम्पन्न गरेको छ ।

वाइसेल लिखुपिके गाउँपालिका सभापती कमल बस्नेतको अध्यक्षता तथा नेकपाका केन्द्रीय सदस्य शिव बहादुर बस्नेत राजेन्द्र को प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेत, उपाध्यक्ष प्रमिला बस्नेत, वडा न ३ का वडा अध्यक्ष पुण्य बहादुर बस्नेत , नेकपा माओबादी केन्द्रका अध्यक्ष गम्बु शेर्पा कर्जाङ लगायतले आफ्नो धारणा ब्यक्त गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओबादीका केन्द्रीय सदस्य राजेन्द्र बस्नेतले नेकपा माओबादि पाटि सँधैँ सिद्धान्तमा चल्ने गरेक‍ो बताए । साथै उनले पाटि भित्र सबै एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताए ।

नेकपा माओबादी केन्द्र सोलुखुम्बुका पाटी अध्यक्ष गम्बु शेर्पा कर्जाङले जिल्लामा माओबादीको लहर पहिलेकै तुलनामा फर्किएको दाबी गरे । पाट्री एकताको कारण संगठनको हिसाबले केही क्षेती पुगेपनि यसको दिर्घकालिन क्षेति हुन नसक्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले गाउँपालिका अध्यक्ष निर्बाचित हुनको लागि वाइसियल नेपालको ठूलो भुमिका रहेको बताए । वाइसेलका संगठित सदस्यहरुले बेरोजगार युवाहरुको लागि पाटीले के गर्यो भन्ने प्रश्नमा भनेजती काम गर्न नसस्कु प्रमुख कारण गाउँपालिकामा अल्फमतमा परेकाले आफुले काम गर्न नसकेको दाबी गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष प्रमिला बस्नेतले वाइसियल नेपाल लिखुपिके गाउँपालिकाको यो भेला देखेर आफुले जनयुद्धको दिन सम्झिएको बताइन । साथै उपाध्यक्ष बस्नेतले पाटिभित्र देखिएका कमिकमजोरी पाटीमै छलफल र सुझाबबाट समधान गर्नुपर्ने धाराणा ब्यक्त गरिन ।
त्यस्तै कार्यक्रममा वाइसियल नेपाल सोलुखुम्बुका संयोजक देउता बस्नेत देब ,लिखुपिके संयोजक कमल बस्नेत , नेकपा जिल्ला कमिटी सदस्य गणेश बहादुर बस्नेत , वडा न ३ का वडा अध्यक्ष पुण्य बहादुर बस्नेत लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रम विभिन्न पाटी परित्याग गरि केही कार्यकर्ताहरु पनि नेकपामा प्रबेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय