BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

१२ बैशाख, रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको गोकुलगङ्गा गाउँपालिका वडा नं.४ मा रहेको शिव आधारभूत विद्यालय र भूमेश्वर विद्यालयमा अध्यापन गराउँदै आउनु भएका एक/एक जना महिला शिक्षक ,वर्ष १५, १५, १३ र ५ का चार जना छात्रहरुमा र सोही स्थान बस्ने ७० वर्षीय पुरुष, वर्ष ३६ र ३६ का दुई जना महिलामा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।

अधिकृत थापाका अनुसार यहि वैशाख १० गते गोकुलगंगाका १६ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागी धुलिखेल पठाइएको थियो । १६ जनामध्ये ९ जनामा संक्रमण देखिएको हो ।

संक्रमितहरुको अवस्था समान्य रहेको छ । संक्रमित सबै जना होम आईसोलेसनमा बसेका छन । योसँगै जिल्लामा सकृय संक्रमितहरु ११ जना रहेका छन । सबै संक्रमित गोकुलगंगा गाउँपालिकाकै हुन । जिल्लामा हालसम्म २३५ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । सभार निल खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय