BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

काठमाण्डौ – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट २८ जनाको ज्यान गएको छ । याेसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख एक सय १९ पुगेको छ । आज पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । अहिले नेपालमा १९ हजार तीन सय ८२ जना सक्रिय सङ्क्रमित छन् ।यस्तै थप चार सय ५० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७७ हजार पाँच सय ७३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय