BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

रामेछाप:रामेछापको लिखु तामाकोशी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ का अध्यक्ष सुवास बोहोरालाई जेल सजाय तोकिएको छ । लिखु तामाकोशी गाउँपालिकाकै अध्यक्ष गोविन्दबहादुर खड्कासँग दुई करोड चन्दा मागेर नदिएमा ज्यान मार्ने धम्की दिएका आरोपमा उनीहरुलाई दोषी ठहर गर्दै जिल्ला अदालत काठमाण्डौले जेल सजाय तोकेको हो ।

जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोरालाई समान जनही एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो । केही वर्ष पहिले लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष खड्कासँग स्थानीय लोप्साङ लामा र अमृत तामाङले २ करोड रुपैयाँ चन्दा माग्दै माग गरेअनुसारको चन्दा नदिए ज्यान मार्ने धम्की दिएका थिए ।

अदालतले धम्की दिन लगाउने मुख्य योजनाकार उपाध्यक्ष दाहाल रहेको र वडाध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको ठहर गरेको छ । अदालतले यस अघि नै घटनामा संलग्न भएका लोप्साङ लामालाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना र अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको छ ।

फरार रहेका उपाध्यक्ष र वडाध्यक्षको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय