BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

सोलुखुम्बु :कलाकाकर्मीहरुको छाता संगठन राष्ट्रिय संगीतकर्मी संघको यही चैत २८ र २९ गते काठमाण्डौंमा हुन गैरहेको केन्द्रिय महाधिवेशन बिद्यमान अवस्थामा देखिएको वायु प्रदुषण र कोभिड १९ दोस्रो चरणको हल्लाका कारण तत्कालका लागी स्थगत गरिएको राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष तथा अधिवेशन मुल आयोजक समितिका संयोजक राजेन्द्र कुमार कार्कीले बताएका छन् । संघको आज बसेको केन्द्रिय कमिटीको बैठकले सो निर्णय गरेको अध्यक्ष कार्कीले बताएका छन् ।

महाधिबेशनका सबै तयारी भैरहेको र देशभरीका सबै जिल्लाबाट करिव ४००० प्रतिनिधि, पर्यवेक्षक,अतिथि गरी धेरै मानिहरु उत्साहका साथ उपस्थित हुने हुँदा अहिले देखिएको कोभिड १९ को प्रभावका कारण सरकारले स्वास्थ्य सुरक्षालाई मध्य नगर गर्दे कुनै पनि सभा सम्मेलन तथा भेला नगर्न आग्रह गरेका कारण सहज बाताबरण नबने सम्मका लागी सो महाधिवेशन स्थगत गर्न परेको महासचिव बिक्रम जंग शाहले बताएका छन् ।

संस्थामा आएको यो जागरण लाई कायम राख्दै चैत महिनाभरी संगठन बिस्तार, आजिबन सदस्य बिस्तार लाई कायम राख्ने प्रतिनिधिको अन्तिम नामावली चैत मसान्त सम्म पठाउने निर्णय गर्दै महाधिवेशनका तयारीका कामहरुलाई निरन्तरता दिने विभिन्न जिल्ला, प्रदेश र केन्द्रले गर्न सक्ने गतिविधिहरु स्वास्थ्यका मापदण्ड अपनाई कायम राख्ने निर्णय गरेको छ। बिषम परिस्थितीका कारण तत्कालका लागी महाधिवेशन स्थगित भएपनी अनुकुल बाताबरण बन्ना साथ तुरुन्तै महाधिवेशन गर्ने बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय