BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बु : करिब एक बर्ष अगाडिबाट बिद्यालय ब्यबस्थापन समिती बिहिन भएको हिमगंगा माबि लिखुपिके ३ ले अझ‌ै बिद्यालय ब्यबस्थापन समिती गठ्न गर्न सकेन । लामो समयपछि गएक‍ो फाल्गुणमा अबिभाबक भेला बोलाएको थियो तर सो भेलाले पनि ब्यबस्थापन समिती गठ्न गर्न सकेन । शुक्रबार बसेको अबिभाबक भेलाले बिद्यालयमा बिद्यालय प्रशासनले बिद्यार्थी भर्ना शुल्क देखि छात्राबृद्वि लगायतमा समेत आफुखुसि मनलाग्दो गरेको अबिभाकरुले गुनासो राखेका थिए । त्यस्तै बिद्यालयको शैक्षिक अबस्था कमजोर बन्दै गएको र लिखुपिकेकै जेठो बिद्यालय भएर पनि अरुलाई सिकाउनु पर्ने बेलामा उल्टै अरु बिद्यालयको तुलनामा उदाहरण बनेको अभिभाक तथा सरोकारवालाहरुले गुनासो गरेका थिए । बिद्यालयका प्रधानध्यापक सत्यनारायण शिंहले हालसम्मको आए ब्याय प्रस्तुत गर्नुभएको थियो । तर उक्त आएब्याए कुनै सत्यथा नरहेको र रातारात कोठामा बसेर कागजी घोडामा सिमित भएको ज.स.पा का लिखुपिके इन्चार्ज डबल बहादुर कार्कीले आरोप लगाउनु भयो । साथै उहाँले नेपालको समिधानले प्रत्येक नागारिकलाई सुचनाको हक प्रधान गरेकोमा लिखुपिकेकै न्यायको वकालत गर्ने जनप्रतिनिधिबाटै सुचनाको हकमा अङकुश लगाउने काम गरेको प्रति आपत्ति जनाउँदै आक्रोस ब्यक्त गर्नु भयो । भेलामा बोल्दै सरोकारवालाहरुले बिद्यालयको भैतिक र शैक्षिक अबस्थाको जिम्मा अब बन्ने ब्यबस्थापन समिति र बिद्यालय प्रशासनले लिनुपर्ने बताउनु भयो ।
भेलामा प्रधानध्यापक सत्यनारायण शिंह प्रति अबिभाबकहरुले चर्को आलोचना गरेका थिए । यता प्रधानध्यापक शिंह माथि बिद्यालयको हर हिसाब पारदर्शी देखिएन नि भन्ने प्रश्नमा सबै हिसाब पारदर्शी भएको बिल भौचर रहेको तर सबैको प्रस्तुत गर्न समय नमिलेको भन्ने उत्तर दिनुभयो ।

लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले गाउँपालिका बाट बिद्यालयलाई चाहिने बिज्ञान प्रयोगशालाका सामान तथा कम्युटर समेत उपलब्ध गराएको भन्दै बिद्यालयको नामामा गाउँपालिका सँधै सकारात्मक बनेको बताउनु भयो । तर धेरै अबिभाकले भनि बिद्यालय सुधार हुन नसक्नु बिद्यालय प्रशासन गाउँपालिकाको सेटिङमा चलेको आरोप लगाउँदै आएका छन ।

अबिभाबकको संख्या न्युन

लिखुपिके गाउँपालिका भित्रकै ११ र १२ कक्षा सम्म कक्षा संञ्चालन हुने बिद्यालयमा अबिभाबकको संख्या भनि न्युन देखियो । दुईपटक अबिभाबक भेला बोलाएको बिद्यालयमा दुइपटक नै अबिभाबकको संख्या न्युन देखिनु अबिभाकको बिद्यालय प्रतिको चासो कम देखिएको सरोकारवालाहरुले आरोप लगाएका छन । शुक्रबार बसेको अबिभाक भेलामा पनि अबिभाबको संख्या निकै न्युन देखिएको थियो ।

कहिले बन्छ त बिद्यालय ब्यबस्थापन समिती
शुक्रबार बिद्यालय ब्यबस्थापन समिती गठन हुने भनिएको उक्त बिद्यालयमा दलिय हिसामा कुरा नमिले पछी सोमबार उम्मेदवारी दर्ता गरी फेरि छलफल बाट बिद्यालय ब्यबस्थापन समिती गठ्न हुने बताईएको छ । अब बन्ने समितीले बिद्यालयको भैतिक, शैक्षिक अबस्थापको जिम्मा लिएर बिद्यालयलाई नमुना बनाउने बाटोमा लाग्नुपर्छ भन्दै सोमबार टुंगो लाग्ने सरोकारवालाहरुले बताएका छन । हेरौ बिद्यालय ब्यबस्थापन समिती कस्तो बन्छ , जो बनेपनि अबको दिनमा बिद्यालयको शैक्षिक र भैतिक अबस्था नसोचेको परिबर्तन बन्न सक्ने समिती बनोस शुभकामना ।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय