BREAKING
शिब आधारभुत बिद्यालयको भबण उदघाटन तथा २९ ओैँ बार्षिक उत्सब सम्पन्न | बायुप्रदुषण र कोभिडका कारण संगीतकर्मी संघको केन्द्रीय महाधिबेसन स्थगित | हिमगंगा माबिमा अझै ब्यबस्थापन समिती गठ्न हुन सकेन | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | सर्जक रमन पहाडीकाे लयमा औठी सुनैको बोलको गीत सार्वजनिक | लिखुपिके गाउँपालिकाको सातौ गाउँसभा सम्पन गाउँपालिकाद्वारा २५ वटा कानुन पास | उमाकुण्डको चामारु सड्क सञ्जालमा जोडिएपछी स्थानियमा खुसियाली | भालुको आक्रमणमा परि सोलुखुम्बुको लिखुपिकेमा एक ब्यक्ति गम्बिर घाइते | लिखुपिकेद्वार नारी दिबशको अबसरमा बिबिध कार्यक्रम सम्पन्न | लिखुपिके गाउँपालिकामा तेस्रो चरणको खोप अभियान आजबाट सुरु |

बिष्णु खड्का
सोलुखुम्बु : लिखुपिके गाउँपालिकाको सातौँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतको अध्यक्षतामा भएको गाउँसभाको शुन्य र विशेष समयमा वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले समसामयिक बिषयमा आफ्नो धारणा राख्नु भएको थियो। वडा अध्यक्ष बस्नेत र शेर्पाले शिक्षा ऐन को केहि कुरामा संसोधन गर्नुपर्ने धारणा सहित सभामा निबेदन पेस गर्नुभएको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौडेलले चालू आर्थिक बर्षको बेरोजी सम्बन्धि सभा अध्यक्ष तथा सदस्यहरुलाई प्रष्ट पार्नु भएको थियो । सभामा गाउँपालिका उपाध्यक्ष प्रमिला बस्नेत कार्कीले न्यायिक समिति,योजना अनुगमन लगायत क्षेत्राधिकार भित्रका अन्य बिषयमा प्रतिबेदन पेश गर्दै गाउँपालिकाको काम चुस्त दुरुस्त छिटो छरितो र भर पर्दो बनाउन कर्मचारीहरुले बिशेष ध्यान पुर्याउनु पर्ने धारणा राख्नु भयो। साथै उपाध्यक्ष बस्नेतले गाउँपालिकामा बनेका २५ वटा ऐनको समेत पढेर सुनाउनु भएको थियो । सभामा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले सभा सदस्यहरुले उठाएको प्रश्न को जवाफ दिदै गाउँपालिकाको बिकास र समृद्धिमा निरन्तर लागिरहेको र गाउँपालिकाको केन्द्रको जग्गा ३ ठाउँमा रहेको र अब चैत मसान्तसम्म चग्गा टुङ्गो लगाई तत्काल कार्यलय निर्माणको काम अगाडि बढाउने बताउनु भयो ।

यता वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले अहिले गाउँपालिकाको केन्द्र रहने गरी ३ ठाउँको जग्गा मध्यमा पनि नम्बर १ मा चाँपागैरो रहेको भनि सहमति गरेको प्रति आप्पती जनाउँदै सुन्य समयमा बोल्दै उक्त जग्गालाई १ नम्बरमै राखेको प्रति असमति जनाउँदै बाँकी दुई ठाउँको जग्गामा आफु पुर्ण सहमत भएको बताउनु भयो । साथ‌ै उहाँले उक्त नम्बर १ मा प्राथामिकतामा राखेको जग्गामा अहिले सम्म सड्क समेत नपुगेको र उक्त क्षेत्रमा बिबिध कारणले गाउँपालिका बस्न नसक्ने धारणा राख्दै अन्य नम्बर २ख र ३ ग बर्गमा राखिएको जग्गामै गाउँपालिका बस्नु पर्ने बताउनु भयो ।
गाउँसभाबाट पारित भएका ऐनहरुलाई अब छिट्टै राजपत्रमा प्रकाशित गरी ऐन कार्यन्यण हुँने गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौडेलले सिदा खबरलाई बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय