
रामेछाप : उमाकुण्ड गाउँपालिमाको वडा न १ चामारु सड्क सञ्जाल जोडिए पछी स्थानियबासी दङ्ग परेका छन । गाउँपालिका द्वार करिब ५० लाख खर्चिएर र लिखु हाईड्रोमार्फत मेसिन उपलब्ध गराई उक्त क्षेत्रमा बाटो पुर्याउन सफल भएको चामारु निबासि दानुरी लामाले सिदा खबरलाई बताए ।
यो ठाउँमा बाटो आउछ भन्ने कल्पना पनि गरेको थिईएन यसप्रति गाउँपालिका र वडा न १ का वडा अध्यक्ष नोर्बु शेर्पालाई बिशेष धन्यबाद भन्दै स्थानियहरु खुसि भएका हुन । अब नुन ,तेल ,चामल ल्याउन मात्र सजिलो हैन बिरामी पर्दा उपचारमा जान सबारी साधन समेत घरमै पुग्ने भयो भन्दै स्थानियबासीले निर्माण उपभोक्ता समितीलाई धन्यबाद दिएका हुन ।