BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

सोलुखुम्बु : लिखुपिके गाऊँ पालिका १ साबिक गोली ९ पन्जुम निवासी चौरी पालाक कृषक जाङबु शेर्पालाई बुधबार बिहान भालुले आक्रमण गरि गम्भीर घाईते पारेको स्थानिय काँमी ङिमा शेर्पाले बताउनुभयो । गोठ नजिकैको जंगलमा चौरी चराउदै गरेको अवस्थमा एक्कासि भालु आई निजलाई आक्रमण गरेको र टोक्दै गरेको निजका छोरीले देखी आत्तिएर चिच्याई आमा लाई खवर गरेपछी उनीहरु कुकुर सहित होहल्ला गर्न लागेपछी घाईतेलाई छाडेर भालु जंगल तर्फ भागेको र घाईतेका श्रीमतीले गाउँमा खबर गरिपछी स्थानीय युवाहरु समेत घटनास्थल तर्फ गएको स्थानियले बताएका छन । घटनास्थल गाउँ बाट करिब ३ घण्टा टाडा जंगलमा रहेको पनि स्थानियले बताएका छन । शेर्पा गम्भीर घाईते भएकोले वडा न १ वडा अध्यक्ष सहितको पहलमा हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ।

भालुको आक्रमण बाट शेर्पाको गर्दनको केही भाग र पाखुरामा भालुको ५/७ वटा दाँत गहिरोसँग गारिएको स्थानीय कृषक थप्साङ शेर्पाले जानाकारी दिनुभयो । जाङबु शेर्पा धेरै पहिला देखि चौरी र नाग पालन ब्यवासय गर्दै आउनु भएको कृषक हुनुहुन्थ्यो । पछिल्लो समयमा सोलुखुम्बुमा भालुको आक्रमण बाट बर्षौने चौरी गाईलाई आक्रमण गर्दै आएको छ भने मान्छेलाई समेत आक्रमण गरेको घटना कढ्द‌ैै गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय