BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बु :सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा सम्पन्न राष्ट्रिय संगितकर्मी संघ सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशनले पुुन :बिष्णु खड्कालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

लिखुपिके गाउँपालिकाका प्रमुख डम्बर बहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा राष्ट्रिय संगितकर्मि संघ कि केन्द्रीय सदस्य आशा लामा तथा १ नम्बर प्रदेशका अध्यक्ष टिका प्रसाई , लगायत गाउँपालिका उपाध्यक्ष प्रमिला बस्नेतको बिशेष आतिथ्यतामा सम्पन्न कलाकारहरुको छाता संगठन राष्ट्रिय संगितकर्मी संघ सोलुखुम्बुको पहिलो जिल्ला अधिवेशनले पुनः बिष्णु खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बस्नेतले कला साहित्यले समाज परिवर्तनमा उल्लेख्य योगदान पुप्याएको बताउँदै स्थानी तह, प्रदेश र संघ तिनैवटा सरकारले कलाक्षेत्रको विकासको लागि निति नै बनाएर सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

बस्नेतले आफू र गाउँपालिका कलाकारलाई सम्मान गर्दै आएको र निरन्तर गरिरहने बताउँदै कलाकारहरुको लागि आफूले सक्ने सहयोग सधैं गरिरहने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा विशेष अतिथी राष्टिय संगितकर्मि संघ १ नम्बर प्रदेशका अध्यक्ष टिका प्रसाईले लोक संगितलाई जगेर्न गर्न तन मन र बचनले लागेको देख्दा जिल्ला शाखा सोलुखुम्बु देखि आफु र सँस्था धेरै खुसि भएको बताउनु भयो साथ‌ै उहाँले प्रदेशबाट गर्न सक्ने साथ सहयोग सँधै रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सँस्थाकी केन्द्रीय सदस्य तथा लोक गायिका आशा लामाले राष्ट्रिय संगित कर्मि संघ कलाकार जन्माउने थलो मात्र नभएर कलाकर्मिहरुको उत्थाको हितको सँस्था रहेको बताउनु भयो । साथै उहाँले गीतले सबै दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला बस्नेतले अबका दिनमा हुने बिभिन्न साँगितिक कार्यक्रमको नेत्रित्व संगित कर्मि संघलाई दिईने बताउँदै सँस्थाको भाबि दिनको शुभकामना ब्यक्त गर्नुभयो ।

संघको अधिवेशनले नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । जिल्ला तथा राजधानीमा रहेर कलाकारितामा सक्रिय कलाकारहरु आवद्ध राष्ट्रिय संगितकर्मी संघको पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

कलाक्षेत्रमा लागेर समाज विकास र समाज परिवर्तनमा योगदान पुर्याउने कलाक्षेत्रको विकासमा योगदान पुप्याउने कलाकारलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय