BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर -३ मा रहेको पालिकाकै आँगनमा रहेको बिद्यालययको रुपमा रहेको हिमगङ्गा मा .बि मा लामो समय पछि बुधबार अभिभावक भेला आयोजना सम्पन्न भएको हो। शिक्षा शाखाका संयोजक प्रेमबहादुर बस्नेतको सभापतित्वमा सुरु भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले प्रमुख आतिथ्यता रहेको थियो । पालिकामा रहेका २२ वटा बिद्यालय मध्ये सबैभन्दा अत्यमा यो बिद्यालयको ब्यबस्थापन समिती बन्ने आकलन गर्न सकिने छ । लामो समयपछी आयोजित भेलामा आएका अबिभाबकहरुले पहिलाको हिसाब किताब सुन्न पाउनुपर्ने , अघिल्लो वि.व्य.स ले के कस्ता काम गर्‍यो त्यो प्रष्ट हुनुपर्ने बताए पनि निवर्तमान अध्यक्षको यहाँ उपस्थिति भएको देखिएन।
यता गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले बिद्यालयलाई सुधार गर्न कुनै पनि दलको नेता भएर नआउन पनि आग्रह गर्नुभयो । त्यस्तै अहिले अधुरो बनेको भबण बनाउने जिम्मा शिक्षा मन्त्रालयले गाउँपालिकालाई दिएको पनि गाउँपालिका अध्यक्ष बस्नेतले बताउनु भयो । त्यस्तै हिमगंंगाा माबिमाा ४५ वटा कम्युटर रहेकाले ति कम्युटरहरु प्रयोगमा ल्याउन पनि आग्रह गर्नुभयो । गत बर्ष नै बिद्यालय ब्यबस्थापन नयाँ गठन गर्नको लागि सुचना जारी गरेता पनि कोरोणाको कारण सबै उपस्थित हुन नसकेको वडा न ३ का अध्यक्ष पुण्य बहादुर बस्नेतले बताउनु भयो । त्यस्तै नेपाली काँग्रेस लिखुपिके सभापति सुबर्ण बहादुर बस्नेतले बिद्यालयले बेलाबेलामा अबिभाबक भेला राख्द‌ै शिक्षामा सुधार ल्याउनु पर्ने बताउनु भयो । त्यस्तै उहाँले बिद्यालय स्थापना महत्त्वपूर्ण भुमिका खेल्नुहुँने स्वर्गिय भुपेन्द्र बहादुर बस्नेतलाई कहिले बिद्यालय भुल्न नहुँने बताउनु भयो ।
कार्यक्रममा शिक्षा शाखा संयोजक प्रेमकुमार बस्नेत, गाउँपालिका उपाध्यक्ष प्रमिला बस्नेत , प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पौडेल,वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत, नेपाली काँग्रेस लिखुपिकेका प्रबक्ता लोकेन्द्र बस्नेत, लगायतले बिद्यालय को बारेमा बोलेका थिए । २ सय भन्दा माथि बिद्यार्थी पढ्ने बिद्यालयमा अबिभाबकको उपस्थिति भने न्युन देखिएको थियो । अब बन्ने नयाँ समितीले बिद्यालय सुधार कस्तो गर्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय