BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा गएको ६ दिनदेखि बत्ति नहुँदा अन्धकारमय बनेको छ । लिखुपिके गाउँपालिका वडा ३ को काफ्लेचौर अहिले अन्धकारमय छ । रामेछापको बाम्तिभण्डारको रोसि हुँदै आएको केन्द्रीय लाईन अबरोद्व हुँदा लिखुपिकेका नागारिक अन्धकारमा बस्न बाध्य भएको स्थानियहरुलाई गुनासो गरेका छन ।
६ दिन भयो बत्ति गएको अहिले घर त अन्धकार छ तर फर्निचरमा काम पनि रोक्नु पर्दा घाटाको ब्यबसाय भोग्नुपरेको गोली फर्निचर का प्रोपाईटर लोकेन्द्र बस्नेतले बताउनु भयो ।
लोकेन्द्र बस्नेतलाई मात्र हैन हैन यो समस्या लिखुपिके कै पहिलो ब्यबसाय सदिक्षा एण्ड समृद्धि बेकरी क्याफेलाई पनि उत्तिकै समस्या छ । जन्मदिनको लागि केकको अडर आउँछ तर बत्ति नहुँदा कहाँ केक बन्नु मुछेको पिठो त्यतिकै सुकेर गयो । चेतकुमार बस्नेतले गुनासो गर्नुभयो । यो त ब्यबसायका कुरा भयो यता गाउँपालिकामा काम लिएर आउने नागारिकको पनि उतिकै गुनासो छ । गाउँपालिकामा काम लिएर आउँदा बत्ति नभएकै कारण फर्किनु परेको लिखुपिके गाउँपालिका ३ एक ब्यक्तिले गुनासो गर्नुभयो ।साथै उनले ६ दिन सम्म बत्ति जाँदा गाउँपालिकाले बिधुत प्राधिकरण सँग कुनै पहल नदेखाएको स्थानियहरुले आरोप लगाएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय