BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बु : एक एक दाना जम्मा गरे भरिन्छ भकारी दुख सुखमा साथ दिने सहकारी भन्ने मुल नाराका साथ लिखुपिके २ मा रहेको जन्मभुमि बचत तथा ऋण सहकारी सँस्थाको १० ओैँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । लिखुखोला भेगका बिभिन्न पेशा ब्यबसायमा रहेका नागारिकहरुको बचत गर्ने बानीको बिकास होस भन्ने उदेश्यका साथ स्थापना भएको यस सहकारीमा ८३६ जना सेर सदस्य र सँस्थामा २४० जना बाल सदस्य रहेका छन ।
सँस्थाको कुल पुँजी ४ करोड ७५ लाख ९१ हजार १ सय ४७ ,छ त्यस्तै ,सँस्थाले हाल सम्म गरेको कारोबार ५ करोड ७३ लाख ९९ हजार १ सय ९२ र यस बर्षको मुनाफा १२ लाख ६४ हजार ३४ रुपैयाँ रहेको सँस्थाका कोष अध्यक्ष तथा ब्यबस्थापक ढालक बहादुर बस्नेतले बताउनु भयो । साथै आर्थिक प्रतिबेदन प्रस्तुत गर्द‌ै ब्यबस्थापक बस्नेतले सहकारीले अहिले सम्म सहकारी सबै सदस्यहरुको मन जित्दै सफल कारोबार गर्न सफल भएको बताउनु भयो ।
साधारण सभालाई सम्बोधन गर्दै सहकारी अध्यक्ष रमेश कुमार बस्नेतले सहकारीमा सुरुमा २६ जनाबाट सुरु भएकोमा अहिले सहकारीको सदस्यता सँगै आर्थिक रुपमा पनि बलियो बन्दै गएको बताउनु भयो ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष प्रमिला बस्नेतले सहकारीले देखाएको लगनशिलता प्रति आफुले खुलेर प्रशसा गरेको बताउनु भयो । त्यस्तै उपाध्यक्ष बस्नेतले थोरै बचत भए पनि सहकारीको सदस्यता बनेर आर्थिक बिकास खोज्न पनि सबैलाई आग्रह गर्नुभयो । कार्यक्रममा वडा न ३ का वडा अध्यक्ष पुण्य बहादुर बस्नेत, वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत , सिटिजन बैंकका शाखा प्रमुख बयर राई लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । साधारण सभामा बिभिन्न सरकारी गैर सरकारी सँस्थाका प्रमुख एबम प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।
साधारण सभामा उपस्थित भएका सेर सदस्यहरुलाई खाजा खर्च स्वरुप २ सय प्रदान गरिएको थियो ।कार्यक्रममा नियमित बचत गर्ने बचतकर्ता , उत्कृष्ट बचतकर्ता लगायतलाई नगद सहित प्रशंसापत्रले सहकारीले सम्मान गरेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय