
ओखलढुंगा : नेपाली कांग्रेसका नेता मित्रसेन दाहालको निधन भएको छ । ओखलढुंगा कांग्रेसका पुराना नेता दाहालको शुक्रबार निधन भएको हो । हृदयाघात भए पछि चावहिल स्थित ओम अस्पतालमा भर्ना गरिएका दाहालको उपचारका क्रममा निधन भएको कांग्रेस नेता रामहरि खतिवडाले जानकारी दिए ।
दुवै मृगौला फेल भएर नियमित उपचार गराइरहेका दाहाललाई केही समय अघि कोरोना संक्रमण भएको थियो । कोरोना जितेका उनलाई ३ दिन अघि कोरोना खोप लगाइएको थियो । दाहाल प्रदेशसभा निर्वाचन २०७४ मा ओखलढुंगा `क´ बाट कांग्रेसका उमेदवार थिए ।