
सोलुखुम्बु : बर्षा सँगै परेको चट्याङले सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा दुई महिला घाइते भएका छन । बुधबार बेलुका परेको चट्याङले लिखुपिके ३ पाकुमकी लक्ष्मि बस्नेत र चम्मरगाउँकी सरस्वती कार्की घाईते भएको वडा न ३ का वडा अध्यक्ष पुण्य बहादुर बस्नेतले सिदा खबरलाई बताए । चट्याङबाट सोहि वडाका पृती बहादुर बस्नेतको एउटा बाख्रो पनि मारेको छ । पहाडी क्षेत्रमा बर्षेपिछे चट्याङले दुख दिँदै आएको छ । अहिले घाइतेे दुबै जनालााई उपचारको लागि काठमाडौ लगिएको छ ।