BREAKING
लामो समयको अन्योलका बिच हिमगंगा माबिमा अभिभावक भेला | बत्ति मुनिको अन्धकार लिखुपिके ६ दिनदेखि अबरुद्ध | जन्मभुमि बचत तथा ऋण सहकारीको १० ओैँँ साधारण सभा सम्पन्न, १२ लाख भन्दा माथि मुनाफा | ओखलढुंगाका कांग्रेसका पुराना नेता दाहालको शुक्रबार निधन | गायिका सरिताको नाम्चे बजार चर्चाको शिखरमा | लिखुपिकेमा चट्याङ लागेर दुई महिला घाइते | बिधुत सट भएर लिखुपिके २ मा एक घर जल्यो | उमाकुण्ड गाउँपालिकाको नबौँ गाउँसभा सम्पन्न | काँग्रेस सोलुखुम्बु द्वार बिकास निर्माणका कार्यहरुलाई लिएर नगरपालिकालाई ध्यानाकर्षण | हिउँमा कठ्याङग्रिएर जिल्ला हुलाक कार्यलयका एक कर्मचारिको ज्यान गयो |

रामेछाप: उमाकुण्ड गाउँपालिकाको नवौं गाउँसभा सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारको अध्यक्षतामा भएको गाउँसभाको शुन्य र विशेष समयमा सभा सदस्यहरु रमेश कुमार सुनुवार,टेक बहादुर बराइली र मोहन बहादुर कटुवालले समसामयिक बिषयमा आफ्नो धारणा राख्नु भएको थियो।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत इस्वरी प्रसाद सुवेदीले चालू आर्थिक बर्षको प्रगती प्रतिबेदन पेश गरेका थिए । सभामा गाउँपालिका उपाध्यक्ष उर्मिला कार्की बस्नेतले न्यायिक समिति,योजना अनुगमन लगायत क्षेत्राधिकार भित्रका अन्य बिषयमा प्रतिबेदन पेश गर्दै गाउँपालिकाको काम चुस्त दुरुस्त छिटो छरितो र भर पर्दो बनाउन कर्मचारीहरुले बिशेष ध्यान पुर्याउनु पर्ने धारणा राख्नु भयो।
सभामा गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले सभा सदस्यहरुले उठाएको प्रश्न को जवाफ दिदै गाउँपालिकाको बिकास र समृद्धिमा निरन्तर लागिरहेको र गाउँपालिकाको केन्द्र सम्म पक्की सडक बनाउने, मध्यमार्गी सडक र वडाको केन्द्र जोड्ने सडक स्तरोन्नती गरि बाह्रै महिना सन्चालन गर्ने,सबै वडाहरुमा बिधुतिकरण गर्ने काम केही समयमै सम्पन्न हुने र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुर्वाधारको काम अन्तिम चरणमा पुगेको र आगामी दिनमा शैक्षिक गुनस्तर र जनस्वास्थ्य सग प्रत्यक्ष सरोकार राख्ने विषयमा ध्यान पुर्याइने प्रतिबद्धता व्यक्त गर्दै नवौ गाउँसभा बैठक अन्त्य भएको जानकारी गराउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय