BREAKING
लामो समयको अन्योलका बिच हिमगंगा माबिमा अभिभावक भेला | बत्ति मुनिको अन्धकार लिखुपिके ६ दिनदेखि अबरुद्ध | जन्मभुमि बचत तथा ऋण सहकारीको १० ओैँँ साधारण सभा सम्पन्न, १२ लाख भन्दा माथि मुनाफा | ओखलढुंगाका कांग्रेसका पुराना नेता दाहालको शुक्रबार निधन | गायिका सरिताको नाम्चे बजार चर्चाको शिखरमा | लिखुपिकेमा चट्याङ लागेर दुई महिला घाइते | बिधुत सट भएर लिखुपिके २ मा एक घर जल्यो | उमाकुण्ड गाउँपालिकाको नबौँ गाउँसभा सम्पन्न | काँग्रेस सोलुखुम्बु द्वार बिकास निर्माणका कार्यहरुलाई लिएर नगरपालिकालाई ध्यानाकर्षण | हिउँमा कठ्याङग्रिएर जिल्ला हुलाक कार्यलयका एक कर्मचारिको ज्यान गयो |

सोलुखुम्बु :नेपाली कांग्रेस सोलुखुम्बुले सोलुदुधकुण्ड नगरपालीकाको समसामयिक बिकास निर्माणका कार्यलाई लिएर नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।
नेपालि कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री बलबहादुर के.सि.को नेत्तृत्वमा नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद कुमार बस्नेत संगठन बिभाग प्रमुख तथा महासमिति सदस्य खिलराज बस्नेत कांग्रेस जिल्ला सचिब तथा प्रदेश सभापति धनजन राई कांग्रेस जिल्ला सचिव भलाकाजी कुलुङ पार्टी सहसचिव कुशराज राई जिल्ला सदस्य एंब सुचना संचार तथा प्रचार प्रसार बिभाग प्रमुख नवीन थापा नेपाल बिद्यार्थी संघ जिल्ला अध्यक्ष आस्विन बाबू थापा लगाएतको टोलिले विभिन्न शीर्षकमा ध्यानाकर्षण गराएको नेपाली काँग्रेस सोलुखुम्बुका सूचना,संचार तथा प्रचार प्रसार बिभाग सदस्य देबिध्वज खड्काले सिदा खबरलाई बताउनु
ध्यानाकर्षण गराउँदै लामजुरा सडक खण्ड सम्बन्धमा
तामाखानी – गोलि सडक खण्ड सम्बन्धमा
नुनथला – जुभिङ्घाट सडक खण्ड सम्बन्धमा
नगरपालिका भित्र हाल भईरहेको लोडसेडिङ अन्त्य सम्बन्धमा
ब्यबस्थित बसपार्क संचालन सम्बन्धमा
जन्तरधाप – टाप्टिङ् – गोराखानी – भितखर्क सडक स्तरउन्नति, नगरपालिका भित्र अबैधरुपमा संचालनमा रहेका क्रसरहरु सम्बन्धमा
अव्यवस्थित बिधुतिय हाईटेन्सन लाईन ब्यबस्थापन गर्ने ,सदरमुकामको सडक कारागार खोल्सिदेखी नयाबजार सडक खण्ड कामको सम्बन्धमा ध्यानाकर्षण गराएको हो ।
त्यस्तै नेपाल बिद्यार्थी संघले नगरपालिकाको शैक्षिक अबस्था बारे पनि ध्यानाकर्षण गराएको छ।नेपाल बिद्यार्थी संघले नगरपालिकाका बिधालयमा विभिन्न बहानामा शुल्क लिदै आएको हुनाले उक्त कार्य बन्द गर्नुपर्ने चारित्रिक प्रमाणपत्र बापतको शुल्क लिने सन्दर्भमा एकरुपता नरहेका कारण एकरुपता कायम गर्नुपर्ने यातायातको भाडामा बिद्यार्थीलाई ५० प्रतिशत छुटको ब्यबस्था गर्नुपर्ने लगाएतका बिषयमा समेत ध्यानाकर्षण गराएको प्रचार प्प्ड्ल प्रसार बिभाग सदस्य खड्काले सिदा खबरलाई बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय