
सोलुखुम्बु : चिसोले कठ्याङग्रिएर सोलुखुम्बुमा एक जनाको मृत्यु भएको छ । जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा करारमा कार्यरत रहेका रामकुमार श्रेष्ठको आइतबार मृत्यु भएको हो । श्रेष्ठ सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ खोरियाका स्थायी बासिन्दा हुन् ।
शनिबार हुलाक कार्यालयको डाक सल्लेरीवाट लाम्जुरा पुर्याएर फर्कने क्रममा बाक्लो हिमपात भएपछि श्रेष्ठ र उनको साथमा रहेका उनका ज्वाई प्रकाश राई राती जंगलको ओडारमा बस्न बाध्य भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
हिउँले बाटो ढाकेएपछि हिड्न समस्या भएको र चिसो छल्न ओडारमा बसेका श्रेष्ठको चिसोकै कारण मृत्यु भएको परिवारले जनाएको छ ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशबिक्रम शाहीले पनि श्रेष्ठको चिसोका कारण मृत्यु भएको जानकारी दिनुभयो । सञ्चार सम्पर्क गर्नसमेत सहज नभएको र हेलिकोप्टरवाट उद्दार गर्ने प्रयास हुँदा हुँदै उनको मृत्यु भएको जनाएका छन ।
करिब ४५ बर्षिय मृक श्रेष्ठका एक छोरा, एक छोरी र एक श्रीमति हुनुहन्छ