
सोलुखुम्बु : नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले अहिले सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको सबै जसो वडाहरुमा आफ्नो संगठन बिस्तारलाई तिब्रता दिएको छ ।
लिखुपिके गाउँपालिकाको ४ वटा वडाहरुमा संगठन बिस्तार भईसकेको नेपाली काँग्रेस लिखुपिके गाउँपालिकाका प्रबक्ता लोकेन्द्र बस्नेतले सिदा खबरलाई जानाकारी दिनुभयो।
प्रबक्ता बस्नेतका अनुसार वडा न १ आङ फुर्बा शेर्पाको सभापतीत्वमा २३ सदस्यीय , वडा न २ मनिस बस्नेत सभापतित्वमा १९ सदस्यीय कार्यसमिती,वडा न ३ मा देबि बहादुर खड्का सभापतित्वमा २७ सदस्यीय कार्यसमिति
वडा न ४ चक्रध्वज बस्नेत सभापतित्वमा २९ सदस्यीय कार्यसमिति चयन भएका छन भने वडा ५ भकान्जेमा अब छिट्टै बिस्तार गरिने बताईएको छ ।
तरुण दल जिल्ला सदस्य अमृत बस्नेत तथा लिखुपिके संयोजक केशब बस्नेतको अध्यक्षतामा यि वडाहरुमा तरण दल गठन भएको हो ।