BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

बिष्णु खड्का

लामो समयदेखि रोकिएको बर्षात शुक्रबार देखि सुरु भएसँगै कृषकलाई राहत मिलेको छ । सोलुखुम्बु लगायत छिमेकी जिल्लाहरुमा शुक्रबार बिहानै देखि हल्का पानी परेपनि शनिबार मध्यान्न बाट भनि उच्च क्षेत्रमा हिउँपात परेको छ । मध्यक्षेत्रमा भनि पानी परेकोले कृषहरुलाई रातह मिलेको हो ।

हिउँदको समयमा पानी नपर्दा कृषकहरुलाई समस्या पर्दै जान थालेको थियो । तर, यो वर्ष माघको अन्तिम साता भए पनि पानी पर्दा हिउँदे बाली सप्रिने आशामा कृषकहरु खुसी भएका छन ।
पानी परेसँगै कृषकहरुले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफूल अन्य बालीलाई राहत मिलेको छ । हिउँदे वर्षातले सोलुखुम्बु सहित छिमेकी जिल्ला ओखलढुंगा ,रामेछाप लगायतका उच्च भागहरुमा चिसो बढाएको छ ।

वर्षातपछि बाँझै रहेका खेतवारीहरु पनि पानी नपर्दा खाली रहेका थिए । पानी परेसँगै कृषकहरुले खाली रहेका खेतबारीमा तरकारी तथा अन्य बाली लगाउन राहत मिल्नेछ । हिउँदको समयमा पानी नपर्दा कृषकहरुले लगायको बेमौसमी तथा मौसमी तरकारी, फलफूल लगायतका बालीहरु पनि सुक्दै जान थालेको थियो ।
पानी नपर्दा जिल्लाका ग्रामीण भेगमा रहेका कच्ची सडकहरुमा हिँड्ने तथा सडक छेउमा रहेका घरहरुलाई धुलोले समस्या परेको थियो । पानी परेसँगै धुलो उडनबाट केही दिन भए पनि राहत हुने स्थानीयको भनाइ छ ।
अहिले सोलुखुम्बुको बिभिन्न क्षेत्रहरुमा बाक्लो हिमपात सहित बर्षा भईरहेको छ । सोलुखुम्बुको भकान्जेमा करिब १ फिट हिउँ जमिसकेको लाक्पा शेर्पाले बताउनु भयो । त्यस्तै रामेछापको देउराली आसपासमा बाक्लो हिमपात भएको छ । यता ओखलढुंगा को खिजिदेम्बा गाउँपालिकाको देम्बा डाँडा लगायतका क्षेत्रमा सेताम्मे बाक्लो हिमपात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय