BREAKING
लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | | लिखुहाईड्रोपावरमा कार्यरत ५ जना मजदुरमा कोरोणा संक्रमन पुष्टि | लिखुपिके ५ मा चट्याङ लागेर एक महिला घाइते | उमाकुण्ड गाउँपालिकामा आगलागीः कार्की दम्पतीको मृत्यु, छोराबुहारीले हाम फालेर ज्यान जोगाए | पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा तीन हजार पाँच सय ९५ जनामा काेराेना सक्रमन | कोरोणाका कारण लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय बिहिबारबाट बन्द | वाइसियल नेपाल लिखुपिके गाउँपालिका भेला सम्पन्न | रामेछापको गोकुलगंगा गाउँपालिकामा २ शिक्षक र ४ विद्यार्थी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि | नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट एकै दिन २८ जनाको ज्यान गयो |

सोलुखुम्बु : प्रतिनिधी सभा बिगटनको असैबधानिक कदमको बिरुद्ध नेपाली काँग्रेसले बिहिबार देशैभरी बिरोध सभा गरिरहँदा नेपाली काँग्रेस लिखुपिके गाउँपालिका अन्तरगतका वडाहरुमा पनि बिरोधका कार्यक्रम भएको छ । नेपाली काँग्रेस लिखुपिके गाउँपालिकाका सभापती सुबर्ण बहादुर बस्नेत, नेपाली काँग्रेस लिखुपिके गाउँपालिकाका प्रबक्ता तथा युवा नेता लोकेन्द्र बहादुर बस्नेत, नेपाली काँग्रेस सोलु काठमाडौ सम्पर्क समितीका सचिब तथा युवा नेता सरोज बस्नेत, नेपाली काँग्रेस महिला नेत्री मिना बस्नेत, नेपाली काँग्रेस वडा न ४ का पाटी सभापती दुर्गा बहादुर बस्नेत, लगायत कार्यकताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाली काँग्रेस लिखुपिकेका सभापती सुबर्ण बहादुर बस्नेतले केपि वलीको असैबधानिक कदम प्रति काँग्रेस पुर्ण रुपमा असतुष्टि रहेको बताए ।
त्यस्तै नेपाली काँग्रेस लिखुपिके गाउँपालिकाका युवा नेता तथा नेपाली काँग्रेस सोलु काठमाडौ सम्पर्क समितीका सचिब सरोज बस्नेतले ७ साल देखि क्रान्ति गर्दै आएको पाटि कुनै निजि स्वर्थमा नलागि सँधै जनताको पक्षमा रहेको बताए । त्यस्तै वडा न ४ को बिरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस लिखुपिके ४ का सभापति दुर्गा बहादुर बस्नेतले नेपाली काँग्रेस सँधै जनताको पक्षमा रहेकाले अब निर्वाचन भए काँग्रेसको सरकार बन्ने दाबी गरे । बिरोध सभामा लिखुपिके गाउँपालिका अन्तर्गतका वडाहरुमा केपि तिम्रो पाराले , दुख पाए साराले, प्रतिनिधि सभाको असैबधानिक कदम फिर्ता गर , जस्ता नारा घन्किएका थिए ।
त्यस्तै लिखुुपिके गाउँपालिका सभापती केशर कुमार बस्नेतको अध्यक्षतामा लिखुपिके गाउँपालिका वडा न ३ मा तरुण दल गठन भएको छ । जसमा सभापति देबी बहादुर खड्का, उपसभापती सञ्जिब बस्नेत, सचिब दिपक बस्नेत लगायत अन्य सदस्यहरु रहेका छन ।
प्रधानमन्त्री समेत रहेका केपि शर्मा वलीले पुष ५ गते संसद बिगटन गरेपछी नेकपा भित्रै पनि संसद बिगटनको बिरोध जनाउँदै नेकपाका नेपाल र प्रचण्ड पक्षले पनि यसको बिरोध जनाउँदै आएको छ । यसअघि लिखुपिके गाउँपालिकामा पनि नेकपाका नेपाल र दाहाल पक्षले संसद बिगटन बिरुद्धमा बिरोध कार्यक्रम सम्पन गरिसकेको थियो । भने नेपाली काँग्रेस लिखुपिके गाउँपालिकाले पनि यस अघि केन्द्रीय स्थरक नेता सहित बिरोध सभा गरिसकेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय