BREAKING
लामो समयको अन्योलका बिच हिमगंगा माबिमा अभिभावक भेला | बत्ति मुनिको अन्धकार लिखुपिके ६ दिनदेखि अबरुद्ध | जन्मभुमि बचत तथा ऋण सहकारीको १० ओैँँ साधारण सभा सम्पन्न, १२ लाख भन्दा माथि मुनाफा | ओखलढुंगाका कांग्रेसका पुराना नेता दाहालको शुक्रबार निधन | गायिका सरिताको नाम्चे बजार चर्चाको शिखरमा | लिखुपिकेमा चट्याङ लागेर दुई महिला घाइते | बिधुत सट भएर लिखुपिके २ मा एक घर जल्यो | उमाकुण्ड गाउँपालिकाको नबौँ गाउँसभा सम्पन्न | काँग्रेस सोलुखुम्बु द्वार बिकास निर्माणका कार्यहरुलाई लिएर नगरपालिकालाई ध्यानाकर्षण | हिउँमा कठ्याङग्रिएर जिल्ला हुलाक कार्यलयका एक कर्मचारिको ज्यान गयो |

सोलुखुम्बु :सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका वडा नं ३ मा रहेको छेस्काम माध्यमिक बिध्यालय छेस्काममा यहि माघ ३ गते पुर्बनिर्धारित समयमा भएको बिद्यालय समितिको निर्वाचन भई निर्वाचन सम्पन्न पश्चात् परिणाम सार्बजनिक गरे लगत्तै करिब रातीको ९:३० बजेको समयमा बिध्यालय परिसरमा सोही बिध्यालय ब्यबस्थापन समितिको अध्यक्षका उमेदवार किशोर कुलुङ पक्षहरूले नाराजुलुस लगाउदै छेस्काम माध्यामिक बिध्यालय प्रधानाध्यापकको कार्यलय तोडफोड गर्नुका साथै सोही बिध्यालय ब्यबस्थापन समितिका अर्का उमेदवार बिध्याराज राई कुलुङ माथी विपक्ष उमेदवार किशोर कुलुङ पक्षहरूबाट सांघातिक हमाला गरि बिध्याराज कुलुङ माथी कुटपिट गरि राईको टाउको र छातिमा गम्भीर चोट लागेको जानकारी नेपाली कांग्रेस सोलुखुम्बुले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएको छ । घाईते राई सोलुखुम्बु जिल्ला महाकुलुङ गाउपालिका वडा नं ३ को वडा सभापति समेत रहेको जनाएको छ । नेपाली कांग्रेस सोलुखुम्बुले उक्त घटना पश्चात् प्रेस बिज्ञप्ति पनि निकालेको छ र उक्त घटनाको जानकारी गृहमन्त्री राम बहादुर थापालाई समेत ज्ञापन पत्र बुझाएको छ तर हालसम्म पनि दोषीहरुलाई पक्रन सकेको छैन दोषी उपर कुनै कार्बाहीको जिम्मेवार नलिएको र शिक्षाको पबित्र मन्दिरमा भएको आक्रमण निन्दनीय कार्य भएको प्रती घोर आपत्तिको साथै उक्त घटनामा संलग्न दोषीहरुलाई कानुन अनुसार तत्काल पक्राउ गरि हदैसम्मको कार्बाही गर्न प्रहरी प्रशासन संग जोडदार माग गरेको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय