BREAKING
लिखुपिके आधारभुत अस्पतालका लागि एउटै बाजेका ३ नातिहरुले निशुल्क जग्गा दान | | लिखुहाईड्रोपावरमा कार्यरत ५ जना मजदुरमा कोरोणा संक्रमन पुष्टि | लिखुपिके ५ मा चट्याङ लागेर एक महिला घाइते | उमाकुण्ड गाउँपालिकामा आगलागीः कार्की दम्पतीको मृत्यु, छोराबुहारीले हाम फालेर ज्यान जोगाए | पछिल्लो २४ घण्टामा काठमाण्डाै उपत्यकामा तीन हजार पाँच सय ९५ जनामा काेराेना सक्रमन | कोरोणाका कारण लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय बिहिबारबाट बन्द | वाइसियल नेपाल लिखुपिके गाउँपालिका भेला सम्पन्न | रामेछापको गोकुलगंगा गाउँपालिकामा २ शिक्षक र ४ विद्यार्थी सहित ९ जनामा कोरोना संक्रमण पुष्टि | नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट एकै दिन २८ जनाको ज्यान गयो |

सोलुखुम्बु : नेेेेपाली काँग्रेसका नेता तथा पुर्ब मन्त्री बलबहादुर केसिले प्रधानमन्त्री केपि वलीले संसद बिगटन गरी समिधान च्यातेको आरोप लगाएका छन । साथै उनले समिधानमा कतै पनि संसद बिगटन गर्न पाईने नलेखिएको तर एकलौटी निर्णय गरी कु काम गरेको बताए । शनिबार काँग्रेसले देशैभरी बिरोध गरिरहँदा नेपाली काँग्रेस लिखुपिके गाउँपालिका कार्यसमिती सोलुखुम्बुले आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै पुर्ब मन्त्री समेत रहेका केसिले यस्तो बताएका हुन ।
त्यस्तै नेपाली काँग्रेसका नेता प्रभुराम बस्नेतले नेकपाको दुई तिहाई सरकारले अहिले सम्मकै ठुलो भ्रष्टाचार गरेको बताए।साथै उनलेआफ्नै पोल्टामा डारु पुण्यौ रहेकाले पनि जे गरेनी चल्यो भन्नेमा स्थानिय सरकार देखि प्रदेश र केन्द्रीय स्थरका नेताहरु लागेको बताए ।

नेपाली काँग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्की, नेपाल बिद्यार्थी संघ सोलुखुम्बुका अध्यक्ष अस्बिन बहादुर थापा, नेपाली काँग्रेस महासमिती सदस्य राम बहादुर बस्नेत , नेपाली काँग्रेस सोलु काठमाडौ सम्पर्क समितीका सचिब सरोज बस्नेत, नेपाली काँग्रेस लिखुपिके गाउँपालिका पाट्रि सभापती सुबर्ण बस्नेत, नेपाली काँग्रेसकै युवा नेता शुभराम बस्नेत लगायत दर्जनौ नेपाली काँग्रेस का नेताहरुको उपस्थिति रहेको थियो ।
केपिको पाराले , दु:ख पाए साराले जस्ता नारा सहित लिखुपिके गाउँपालिका अन्तरगत ५ वटै वडाका नेपाली काँग्रेसमा आस्थाबानहरु नारा सहित बिरोध सभामा सहभागिता जनाएका थिए ।
प्रधानमन्त्री समेत रहेका केपि शर्मा वलीले पुष ५ गते संसद बिगटन गरेपछी नेकपा भित्रै पनि संसद बिगटनको बिरोध जनाउँदै नेकपाका नेपाल र प्रचण्ड पक्षले पनि यसको बिरोध जनाउँदै आएको छ । यसअघि लिखुपिके गाउँपालिकामा पनि नेकपाका नेपाल र दाहाल पक्षले संसद बिगटन बिरुद्धमा बिरोध कार्यक्रम सम्पन गरिसकेको थियो ।
यसको लगत्तै शनिबार काँग्रेस सोलुखुम्बुले पनि बिरोध सभा सम्पन्न गरेको हो ।

नेकपा परित्याग गरी काँग्रेसमा प्रबेशको लहर
संसद बिगटनको बिरोधमा लिखुपिके गाउँपालिकाको ५ वटै वडाबाट आएका बिभिन्न ब्यक्तिहरु नेकपा परित्याग गरि १२० जना भन्दा माथि नेपाली काँग्रेसमा प्रबेश गरेको नेपाली काँग्रेस लिखुपिकेका प्रबक्ता लोकेन्द्र बस्नेतले सिदा खबरलाई बताए । पाटी प्रबेश गर्नेहरुमा सबैभन्दा बढी वडा न १ र ५ बाट बढि रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय