
बिष्णु खड्का
सोलुखुम्बुु: नेपाली काङ्ग्रेस लिखुपिके गाउँपालिका कार्य समितिले आयोजना गर्ने माघ -३ गतेको बिरोध सभा लाई सम्बोधन गर्न पुर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बल बहादुर केसि लिखुपिके आउने भएका छन । सरकारले गत ५ गते प्रतिनिधिसभा विघटन गर्न गरेको सिफारिस राष्ट्रपतिले स्वीकृत गरेपछी त्यस्को बिरोध गर्दै आएको प्रतिपक्ष दल काङ्ग्रेसले देशभरका स्थानीय तहमा बिरोध सभा गर्न लागेको हो । लिखुपिके गाउँपालिकामा पनि त्यहीँ अनुसार पुर्वमन्त्री केसि आउने निश्चित भएको नेपाली काङ्ग्रेस लिखुपिके गाउँपालिका कार्यसमितिका प्रवक्ता लोकेन्द्र बस्नेतले सिदा खबरलाई जानकारी दिए। सोलुखुम्बु जिल्लाकै कम जनघनत्व भएको गाउँपालिकामा पुर्वमन्त्री ल्याएर काङ्ग्रेसले लिखुपिकेमा आफ्नो शक्ति प्रदर्शन गर्न लागेको नेपाली काग्रेेस सोलुखुम्बुले जनाएको छ ।