
बिष्णु खड्का
सोलुखुम्बुको लिखुपिकेमा ने.क.पा प्रचण्ड नेपाल समुहको शक्ति प्रदर्शन भएको छ । गएको पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलिले प्रतिनिधिसभा विघटन गर्ने कदमका विरुद्ध सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा ने.क.पा.कै प्रचण्ड नेपाल समुहले शुक्रबार बिरोध कार्यक्रम आयोजना गरेको हो। बिरोध सभा लाई केन्द्रिय सदस्य हेम कुमार राई सुराबिर,तथा शिव बहादुर बस्नेत लगायतका जिल्ला स्थरिय तथा केन्द्रीय स्थरका नेताहरुले गरेका थिए ।
बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सांसद हेमकुमार राईले प्रधानमन्त्री केपि शर्मा वलीले अझै पनि तानासाहि र निरमकुशतालाई काखमा च्यापेर हिँडेकाले यसको अन्त्य गरेरै छोड्ने बताए । साथै उनले अहिले प्रचण्ड र माधकुमार नेपाल डरले भागेर सड्कमा छन भनेर ब्यङ्य गरेका छन अब छिट्टै केपि वली पनि सड्कमै बस्ने दिन नजिक आएको बताए।
त्यस्तै सोलुखुम्बु जिल्लाका नेकपाका नेता शिब बहादुर बस्नेतले केपि वली सुर्य चिन्ह अब प्रचण्ड नेपाल समुहकै हुने दाबी गरे । त्यस्तै आफुहरु सयौ देखिको निरमकुश साशनको अत्य गर्न दश बर्ष सम्म जनयुद्ध लडेर आएकोले अब केहि समय यसको बिरुद्धमा लड्न त्यस्तो चुनौतीको बिषय नरहेको दाबी गरे । बिरोध कार्यक्रममा लिखुपिके गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष लगायत स्थानिय बासिहरुको बाक्लो उपस्थिति रहेको थियो ।