BREAKING
लिखुपिके गाउँपालिकाका वडाहरुमा काँग्रेसको प्रतिनिधी सभा बिगटन बिरुद्ध प्रर्दशन | सोलुखुम्बुको छेस्काम माबिमा कुलुङ माथी भएको सांघातिक हमलाको काँग्रेस सोलुखुम्बु द्वार कार्बाहीको माग | नेकपा (ओली समूह)सोलुखुम्बुको अध्यक्षमा बास्तोला | संसद बिगटनबारे लिखुपिकेमा नेपाली काँग्रेसद्वार बिरोध | पुर्वमन्त्री केसी लिखुपिके आउने | शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा पुण शेर्पा | लिखुपिकेमा प्रचण्ड र नेपाल पक्षको शक्ति प्रर्दशन | बम्तिभण्डारमा दुईदिन देखि सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो | लिखुपिके वडा न ४ मा दोस्रो चरणको राहत बितरण | लिखुपिके ५ भकान्जेमा पुण निर्माण भईरहेको गुम्बाको ९० प्रतिशत काम सम्पन्न |

बिष्णु खड्का

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले एक महिलाको उद्धार गरेको छ । राष्ट्रपति महिला निशुल्क उद्धार कार्यक्रम अन्तर्गत पालिकाको वडा नं २ बाम्तिभण्डारबाट दुईदिनदेखि सुत्केरी हुन नसकेकि महिलाको पालिकाले निशुल्क रुपमा उद्धार गरेको उप–प्रमुख उर्मिला कार्की बस्नेतले सिदा खबरलाई जानकारी दिइन् । उनले भनिन्–राष्ट्रपति महिला निशुल्क उथान कार्यक्रम अन्तर्गत आज कार्यान्वयनको चरणमा गएको छ, कार्यक्रम लागू भएपश्चात् पहिलो पटक उनलाई उद्धार गरिएको हो ।

उमाकुण्ड जिल्लाकै दुर्गम क्षेत्र रहेको भन्दै जिल्लाकै एक मात्रै निशुल्क महिला उद्धार कार्यक्रम मार्फत महिलाको उद्धार कार्यक्रममा समावेश गरिएको छ ।

दुई दिनदेखि सुत्केरी बेथा लागेकी मेनुका कार्कीलाई स्थानीय बाम्तिअस्पतालमा सुत्केरी गराउन नसकेपछि शुक्रबार (आज) दिउँसो ३ बजे काठमाण्डौ पठाइएको हो । उनको अहिले प्रसुती गृह थापाथलीमा लैजाने तयारी भैरहेको उनले बताइन् ।

दुईदिनदेखि सुत्केरी हुन नसकेकी कार्कीको खबर पाउन साथ पालिकाले सम्बन्धीत निकायमा खबर गरेर हेलिकप्टर झिकाएर उनलाई उपचारको लागि पठाएको कार्कीले बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय