
बिष्णु खड्का
सोलुखुम्बुको लिखुपिके गाउँपालिका अन्तर्गत वडा ४ को नेपाल सरकार बाट पाउने दोस्रो चरणको राहत मङगलबार वडा कार्यालय डुडामा बितरण गरिएको छ। लिखुपिके गाँउपालिकाका अध्यक्ष डम्बर बहादुर बस्नेतको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष प्रमिला बस्नेतको बिशेष आतिथ्यताका साथ एक कार्यक्रमको आयोजना गरि उक्त राहत बितरण गरिएको हो ।
बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोणा भाईरसका कारण नेपाल सरकारबाट लिखुपिके गाउँपालिकाको लागि आएको कोरोणा राहतको यसअघि लिखुपिके गाउँपालिकाको ४ वटा वडाहरुमा बितरण गरिएको थियो । अहिले कोरोणाको कहर बिस्तारै हट्दै गएता पनि नेपाल सरकारबाट आएको राहात सबै नागारिकमा पुगोस भन्दै बितरण गरिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले सिदा खबरलाई बताउनु भयो ।
त्यस्तै वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले कोरोणाको महामारी चलिरहेको बेलामै राहात बितरण गरिने भनेर वडा बासिहरुको तथ्याङ लिए पनि बर्षाको कारण खाद्यान्न ढुवानी गर्न असर्ज भएको र कतिपय खाद्यान्न पनि पुरानो हुने भएकाले पनि ढिला भएको बताउनु भयो । साथै उहाँले कोरोणाको नाम आएको राहत शिर्षकको वडाको सामाजिक बिकासमा खर्च गरौ भन्दा वडाबासिबाट ब्यापक गुनासो आएकाले अहिले राहत स्वरुप प्रत्येक घरधुरीहरुलाई १ बोरा चामल , २ किलो दाल, १ किलो नुन,र १ लिटर तेल बितरण गरिएको बताउनु भयो । वडामा यसअघि नाम नटिपाएकाहरु छुट वडाबासिले नागारिकताको फोटोकपि सहित वडामा सम्पर्क राख्न सकिने पनि बताउनु भयो । यस अघि पनि वडामा जेष्ठ नागारिक , अपांगता, तथा एकल महिलालाई वडाले राहात बितरण गरिसकेको छ ।राहात स्वरुप १ बोरा चामल, २ केजी दाल , १ लिटर तेल , र १ केजी नुन बितरण गरिएको हो ।