BREAKING
लिखुपिके गाउँपालिकाका वडाहरुमा काँग्रेसको प्रतिनिधी सभा बिगटन बिरुद्ध प्रर्दशन | सोलुखुम्बुको छेस्काम माबिमा कुलुङ माथी भएको सांघातिक हमलाको काँग्रेस सोलुखुम्बु द्वार कार्बाहीको माग | नेकपा (ओली समूह)सोलुखुम्बुको अध्यक्षमा बास्तोला | संसद बिगटनबारे लिखुपिकेमा नेपाली काँग्रेसद्वार बिरोध | पुर्वमन्त्री केसी लिखुपिके आउने | शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा पुण शेर्पा | लिखुपिकेमा प्रचण्ड र नेपाल पक्षको शक्ति प्रर्दशन | बम्तिभण्डारमा दुईदिन देखि सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो | लिखुपिके वडा न ४ मा दोस्रो चरणको राहत बितरण | लिखुपिके ५ भकान्जेमा पुण निर्माण भईरहेको गुम्बाको ९० प्रतिशत काम सम्पन्न |

सोलुखुम्बु : बि.स.२०७२ सालको बिनासकारी भुकम्पले भत्किएको लिखुपिके गाउँपालिका वडा न ५ भकान्जे सोलुखुम्बुमा रहेको साङा छ्योलिङ गुम्बाको निर्माणकार्य ९० प्रतिशत सकिएको छ । अब गुम्बामा थाङ्का पेन्टिङ,उखङ भित्र कुलदेउताको बासस्थान र धेर्ङ्याङ वा बाहिरि भागको छ्याम गर्ने ठाउको माथि खुल्ला ठाउमा फलामे पाइप वा स्टिलको पाइप र प्लास्टिकको स्काइलाइट पाता हाली हिउ,पानी र हावा बाट बचाइ राख्न आबश्यक काम भईरहेको भकान्जेका समाजसेबी आङ रिन्जि शेर्पाले बताउनु भयो । साथै समाजसेबी शेर्पाले आफुले यो काम गर्नुपर्ने जिम्मा आफ्नो काँधमा थपिएको बताउनु भयो । नेपाल शेर्पा संघका केन्द्रीय सल्लाहाकार तथा सफल ब्यबसायि समेत रहेका शेर्पाले यस्ता धार्मिक पबित्र मन्दिरको संरक्षणमा तन मन र बचनले सकेको सहयोग गर्न सबैसँग आग्रह समेत गर्नुभयो ।

भकान्जेमा कम्तिमा महिनाको एक दिन खेम्पो वा लोपेनले सबै गाउँले लाई बौद्ध शिक्षादिने बाचा गर्नु भएकोले उक्त कार्य यहि आउदो डुम्जिपुजा देखि सुरु गर्ने सहमति भएकोले र उक्त स्काइलाइट हाल्ने प्रोजेक्टको जिम्मा आफुले लिएकाले पनि यस कार्यको लागि नेपाली रकम लगभग सोह्र लाख लाग्ने भएकोले आफु रकम जुटाउन सक्दो लागिपर्ने समाजसेबी शेेेेेेेेर्पाले सिदा खबरलाई बताउनु भयो । शेर्च्योर्तेन र अन्यकाम हरु गरि सकेको र त्यसरि नै यस कार्यलाइ पनि सफल पार्न सहयोग गरिदिनु हुन सहयोगी हातहरुलाई आग्रह गर्नुभयो ।
सकेसम्म डुम्जि सम्म आर्थिक रकम जम्मा गर्न सकेमा यस बर्षको डुम्जिमा थप टेवा मिल्ने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय