BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

गोन्पालाई त्रिपिटक र विद्यार्थीलाई जुत्ता सोलुखुम्बुका शेर्पा दम्पतीको सहयोग

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ४ खिजीकातीका विद्यार्थीलाई न्यानो जुत्ता वितरण गरिएको छ । चिसोबाट जोगाउन नामड्रोल थर्पालिङ गोन्पा चर्नालुका चर्नालुका प्रमुख लामा थोचेन शेर्पाको पहलमा वडा भित्रका ३ वटा विद्यालयका १ सय ६१ जना विद्यार्थीलाई न्यानो जुत्ता वितरण गरिएको हो ।
खिजीकाती स्थित महादेव आधारभुत विद्यालय चर्नालुका ५९ जना, कुण्डली माद्यमिक विद्यालयको आधारभूत तहमा अध्ययनरत ६४ जना र सरस्वती आधारभुत विद्यालयका पिपलडाँडामा ३८ जोर जुत्ता वितरण गरिएको लामा थोचेनले बताए । सोलुखुम्बुको सोलुदुधकुण्ड ९ गोराखानी निवासी समाजसेवी लाक्पा शेर्पा र छ्योटी शेर्पाको दम्पतीबाट सहयोग लिएर गाउँका विद्यार्थीलाई जुत्ता उपलब्ध गराएको लामाको भनाई छ । उनले भने, ‘गाउँका विपन्न बालबालिकाहरु खालि खुट्टै पनि स्कुल गएको देखेर त्यो समस्या समाधानका लागि सहयोग जुटाउँन लागेको थिए । सोलुखुम्बुको लाक्पा शेर्पा दम्पतीले निकै ठुलो सहयोग गर्नुभयो । त्यो ल्याएर गाउँका विद्यार्थी भाईबहिनीलाई वितरण गरियो ।’ लामाका अनुसार शेर्पा दम्पतीले नामड्रोल थर्पालिङ गोन्पा चर्नालुका लागि आवश्यक पर्ने बौद्ध धर्मको ग्रन्थ त्रिपिटक सहितका पुस्तकहरु निःशुल्क उपलब्ध गराएका छन् ।
लेकाली क्षेत्रमा पर्ने खिजीकातीमा हिउँदको समयमा चिसो अत्याधिक हुने गर्दछ । कठ्याङग्रीने जाडोको समयमा न्यानो जुत्ता उपहार पाएपछि विद्यार्थीहरु खुसी भएका छन् ।
दाताको यो सहयोगले कोरोनाको कहरपछि खुलेका विद्यालयमा चिसोका कारण पढाई प्रभावित नहुने वडाअध्यक्ष कमलप्रसाद न्यौपानेले बताए । ‘कोर्स सकिनुपर्ने बेलामा यसवर्ष बल्ल विद्यालय सुरु भएका छन् । चिसोका कारण कि त घाममा बसेर कि त आगो बालेर तापेर बस्दा पठनपाठन प्रभावित हुने विगतको अवस्था थियो ।’ उनले भने, ‘लामाले पहल गर्नुभयो, दाताले सहयोग गर्नुभयो, विद्यार्थीले न्यानोपनमा रमाउन पाए यसले सिकाईलाई थप सहज बनाउने छ ।’ जुत्ता वितरण गर्दै वडाअध्यक्ष न्यौपानेले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् ।

नामड्रोल थर्पालिङ गोन्पा चर्नालुका चर्नालुका प्रमुख लामा थोचेन शेर्पाको पहलमा यसअघि गाउँका जेष्ठ नागरिक र विपन्न वर्गलाई सहयोग उपलब्ध गराईएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय