BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

रामेछाप:उमाकुण्ड गाउँपालिका वडा न २ मा बनेको नवनिर्मित समृद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चार कोठे पक्की भवन उद्घाटन शनिबार एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । उमाकुण्ड १ का वडा अध्यक्ष नोर्बु शेर्पा र वडा न २ का वडा अध्यक्ष खम्बध्वज बस्नेतले संयुक्त रुपमा भबणको उदघाटन गर्नुभएको हो ।

चन्दा दाताबाट सहयोग प्राप्त ११ लाख ५० हजार ८ सय ५९ रूपैयाँ , संस्थाले अन्य खर्च गर्न मिल्ने कोषबाट २५ लाख ७६ हजार ३ सय ६९ रूपैयाँ र संस्थाको आन्तरिक बचत बाट ७ लाख ६७ लाख ९ सय ९२ रूपैयाँ सहित कुल ४४ लाख ९५ हजार २ सय २० रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको संस्थाको कार्यालय भवन निर्माण भएपछि यसअघि कार्यालय भाडामा भएको संस्था अब कारोबारमा सहज हुने र यसबाट यस संस्थाका कार्यक्षेत्रका शेयर सदस्यहरू लाभान्वित हुने छन् ।

हाल उमाकुण्डको वडा नं. १ गुम्देल, वडा नं. २ बाम्ती र वडा नं. ३ कुम्बुकास्थलीमा सेवा केन्द्र स्थापन गरी नागरिकलाई सेवा प्रदान गर्दै आएको यस संस्थाले अन्य वित्तीय संस्थाहरूसंग तिव्र रूपमा प्रतिस्पर्धा गर्दै आगामी दिनहरूमा उमाकुण्ड गाउँपालिका भरि कार्यक्षेत्र बिस्तार गर्नसक्ने संस्थाका अध्यक्ष गणेश बहादुर कार्कीले बताउनुभयो ।

उमाकुण्ड नं. १ का वडा अध्यक्ष नुर्वु शेर्पा, वडा नं. २ का वडा अध्यक्ष खम्बाध्वज बस्नेत लगायत विभिन्न राजनीतिक दलका पार्टी प्रतिनिधि, संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, चन्दा दाता, शेयर सदस्यहरू उपस्थित भएका उक्त उद्घाटन समारोहलाई सम्बोधन गर्दै वक्ताहरूले वित्तीय संस्थाहरूले हिसाब किताब सुस्त दुरुस्त राख्नुपर्ने भन्दै यस संस्थाको थप प्रगतिको कामना गर्नुभएका छन् ।

कार्यक्रममा पाँच हजार भन्दा माथि सहयोग गर्ने चन्दा दाताहरूलाई खादा र सम्मान पत्रद्वारा सम्मानित गर्नुभएका छन् भने यस संस्थाको एकीकरण पश्चात् चौथो बार्षिक साधारणसभा पौष १५ गते गुम्देल, पौष १६ गते कुबु बजार र पौष १८ गते बाम्तीभण्डारमा सहित तीनवटै वडामा छुट्टाछुट्टै हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय