
सोलुखुम्बु : लिखुपिके गाउँपालिका वडा न ३ सिरुवा निबासी ३० बर्षिय युवा बेद बहादुर भुजेल वडा न १ छुसा दुधिलेमा झुन्डिएको अबस्थामा फेला परेको किन्जा प्रहरी चौकीका प्रमुख राजु खड्काले बताउनु भयो । केहि दिन अघि मात्र मृतक भुजेल लिखुपिके गाउँपालिका वडा न १ छुसा दुधिलेमा रहेको ससुराली गएका थिए । सोमबार ससुरालीमै रहेका भुजेल साँझको समयमा ससुराली घरबाट केेेहि पर फलाटको रुखमा झुन्डिएको अबस्थामा मृत भेटिएको उनका आफन्तले बताएका छन । केहि दिन अघि मात्र मृतककी श्रीमती देबु भुजेल पनि माईत गएकी थिइन । कहिले काँही मादक पदार्थ सेवन गरेर सामान्य झगडा गर्नुहुन्थ्यो तर अहिले त्यस्तो केहि झगडा थिएन । मृतककी श्रीमती देबु भुजेलले बताउनु भयो । मृतक भुजेलको सबलाई पोष्टमार्टनको लागि दोलखाको जिरी पठाईको किन्जा प्रहरीले बताएको छ ।