
सोलुखुम्बु : जन्मभुमि बचत तथा ऋण सहकारी सँस्थाको साझेदारी र लिखुपिके गाउँपालिकाको समन्वयणमा साल्ट ट्रेनिङ कर्पोरेशन सोलुखुम्बु मार्फत लिखुपिके गाउँपालिकाले पाउँने सहुलियत मुल्यको नुन प्रतिघर धुरी २० केजी र प्रति केजी १५ का दरले दोस्रो चरणमा बिहिवार लिखुपिके गाउँपालिका वडा न ४ का वडा बासीहरुलाई बितरण गरिएको छ । लिखुपिके वडा न १ र ३ मा भनि यस अघि नै बाडिसकिएको छ । वडा न ४ मा एकमुष्ट आज २ सय घर धुरीले नुन पाएको र अझै केहि बाँकी नुन रहेकाले अझ छुट रहेका नागारिकले वडा न ४ को वडा कार्यलयमा सम्पर्क गर्न सकिने वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेतले सिदा खबरलाई बताउनु भयो ।
वडा न ५ को लागि भनि केहि दिन भित्र नै सहुलेत मुल्यको नुन बितरण गरिने जन्मभुमि बचत तथा ऋण सहकारी सँस्थाका ब्यबस्थापक ढालक बहादुर बस्नेतले बताउनु भयो ।लिखुपिके गाउँपालिका वडा न ४ का वडा अध्यक्ष हिक्मत बहादुर बस्नेत, वडा न २ का वडा अध्यक्ष रमेश कुमार बस्नेत , वडा सदस्य कैलाश देब बस्नेत, जन्मभुमि बचत तथा ऋण सहकारी सँस्थाका ब्यबस्थापक ढालक बहादुर बस्नेत, देबी बहादुर बस्नेतलगायतको उपस्थितिमा उक्त नुन बितरण गरिएको थियो । सहुलेत मुल्यमा नुन पाएपछी स्थानिय बासी खुसि भएका छन ।