
सोलुखुम्बु : जन्मभुमि बचत तथा ऋण सहकारी सँस्थाको साझेदारी र लिखुपिके गाउँपालिकाको समन्वयणमा साल्ट ट्रेनिङ कर्पोरेशन सोलुखुम्बु मार्फत लिखुपिके गाउँपालिकाले पाउँने सहुलियत मुल्यको नुन प्रतिघर धुरी २० केजी र प्रति केजी १५ का दरले पहिलो चरणमा सोमबार लिखुपिके गाउँपालिका वडा न १ र ३ का नागारिकहरुलाई बितरण गरिएको छ । वडा न १ र ३ का मा बाड्ने भनियता पनि वडा न १ को लागि एकमुष्ठ वडा न १ का अध्यक्ष मार्फत बितरण गरिने भएको छ भने वडा न ३ का २४० घरधुरीले सहुलिय मुल्यको नुन पाएका छन ।
वडा न ४ र ५ को लागि भनि केहि दिन मा उक्त स्थानमै बितरण गरिने लिखुपिके वडा न २ का वडा अध्यक्ष रमेश कुमार बस्नेतले सिदा खबरलाई बताउनु भयो ।
लिखुपिके गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेत, उपाध्यक्ष प्रमिला बस्नेत , वडा न २ का वडा अध्यक्ष रमेश कुमार कस्नेत, वडा न ३ का वडा अध्यक्ष पुण्य बहादुर बस्नेत, लगायतको उपस्थित मा उक्त नुन बितरण गरिएको हो । सहुलेत मुल्यमा नुन पाएपछी नागारिकहरु खुसि भएका छन ।