BREAKING
लिखुपिके गाउँपालिकाका वडाहरुमा काँग्रेसको प्रतिनिधी सभा बिगटन बिरुद्ध प्रर्दशन | सोलुखुम्बुको छेस्काम माबिमा कुलुङ माथी भएको सांघातिक हमलाको काँग्रेस सोलुखुम्बु द्वार कार्बाहीको माग | नेकपा (ओली समूह)सोलुखुम्बुको अध्यक्षमा बास्तोला | संसद बिगटनबारे लिखुपिकेमा नेपाली काँग्रेसद्वार बिरोध | पुर्वमन्त्री केसी लिखुपिके आउने | शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा पुण शेर्पा | लिखुपिकेमा प्रचण्ड र नेपाल पक्षको शक्ति प्रर्दशन | बम्तिभण्डारमा दुईदिन देखि सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो | लिखुपिके वडा न ४ मा दोस्रो चरणको राहत बितरण | लिखुपिके ५ भकान्जेमा पुण निर्माण भईरहेको गुम्बाको ९० प्रतिशत काम सम्पन्न |

सोलुखुम्बु : हाम्रो देश नेपालमा चारबर्ण छत्तिस जातिको फुलबारी मानिन्छ । हाम्रो देशमा नेपाली लोक तथा दोहोरी गीत संगीतको छुट्टै महत्व रहेको छ । यस भित्र बिभिन्न जात जातिको भेषभुसाले पनि यस देशको बिशेषतालाई बिश्वसामु  परिचित गराउन निकै सहज रहेको पाइन्छ । यसै पेरिफेरी भित्र शेर्पा जातिको भेषभूसा र उनीहरुको सांगीतिक रागले जो कोहीलाई नतमस्तक बनाउने गर्दछ । शेर्पा समुदाय स्वादको गीतसंगीत नेपाली सांगीतिक बजारमा थोरै मात्रामा आएता पनि, बजारमा आएका गीतले अशंख्य संगीत पारखिहरुको मनछुने गर्दछ ।


यसैलाई ध्यानमा राखेर यति बेला नेपालि गीत संगीतको क्षेत्रमा नेपालको लागि शेर्पा भाषाको पहिलो गायक तथा टुंङना बादक लाक्पा तेन्जी शेर्पाले “मज्जाले नाचौंला” बोलको गीतले पनि देश तथा बिदेशमा उतिकै चर्चा बटुली रहेको छ ।
मज्जाले नाचौंला बोलको गीतमा लाक्पा तेन्जी शेर्पा र रामकुमार कार्कीको सुमधुर स्वर सुन्न सकिन्छ भने शब्द संगीत लाक्पा तेन्जी शेर्पा र संगीत संयोजन राकेश सोनीले गरेका छन् । गीतको म्युजिक भिडियोलाई रामकुमार कार्की नामक युट्युब च्यानल मार्फत अहिले डिजिटल बजारमा पठाईएको छ । सार्बजनिक भएको म्युजिक भिडियोमा सन्जिब ठकुरी, मिङमा शेर्पाको अभिनय देख्न सकिन्छ । निकै मेहनतका साथ खर्चालु ढंगबाट तयार पारिएको म्युजिक भिडियोलाई निर्देशन अहिलेका चर्चित निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायांकन प्रकाश खड्का र सम्पादन मिलन बि.क ले गरेका छन् ।
शेर्पा समुदायबाट अगाडि बढेका गायक शेर्पाले सेलो गीत, र शेर्पा गीतमा धेरै जसो प्रयोग हुने टुङनाको समेत प्रयोग गरेका छन ।  नयाँ ठाउँ र परिबेश अनुसार गीत रचना र गाउँन सक्के शेर्पाको यो गीतले चर्चा बटुली रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय