BREAKING
लिखुपिके गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न | उमाकुण्ड भित्रका शैक्षिक क्षेत्रमा खोप दिने तयारी सातवटा खोप केन्द्रहरू स्थापना  | पित पत्रकारिताको अनुपम नमुना | रामेछापकी सुस्मिता रुम्बा तामाङले ल्याइन झर्के त थालमा सुनपाती धुप | छोरीले गरिन बाबुको किरिया | नेपाली काङ्ग्रेसका युवा नेताको सक्रियतामा लिखुपिकेमा ३३ सय फलफुलका बिरुवा वितरण | | लिखुपिके गाउँपालिका वडा न २ को लागि ८ लाख बजेट खर्चिएर तरकारीका बीउ बितरण | प्रदेश १ सरकार मार्फत आगामी आर्थिक वर्षका लागि लिखुपिकेलाई २ करोड २२ लाख विनियोजन | पत्रकार महासंघ रामेछापले बुझायो प्रदेश सरकारको निर्णयविरुद्ध प्रजिअलाई ज्ञापनपत्र  |

रामेछाप : भीरबाट लडेर अचेत अवस्थामा अस्पतालको शंयामा छट्पटाइ रहेका छोरालाई बचाउनका लागि उपचारमा सहयोग गरिदिन एक बाबुले अस्पतालबाट अपिल गरेका छन् ।
रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नम्बर १ का भक्तवहादुर बस्नेतले भीरबाट लडेर घाइते बनेका छोरा सरोज बस्नेतको उपचारका लागि आर्थिक सहयोग जुटाउनका लागि अनुरोध गरेका हुन् ।

सरोजको उपचारमा लाग्ने रकम सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरेका छन् ।

सरोज बस्नेतको यहि मंसिर १५ गते भिरबाट लडेर अचेत अवस्थामा त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा आइसियुको ३ नम्बर वाडमा उपचार भइरहेको छ । बाबु भक्तबहादुर बस्नेतका अनुसार सरोजको उपचारका लागि हालसम्म ७ लाख रुपैयाँ खर्च भइसकेको छ ।

परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा थप समस्या उत्पन्न भएको छ । त्यसैले छोराको जीवन बचाउको लागी सहयोगी हातहरुलाई सहयोगको अनुरोध गरेको सरोजको बुबा भक्तबहादुर बस्नेतले बताए ।

भक्तबहादुरले रुँदै भने, ‘छोरा बाँचेको हेर्न चाहान्छु, डाक्टरले टन्नै खर्च लाग्छ भनेको आफूसँग भएको सम्पूर्ण खर्च सकिएकाले आफ्नो घरबारी र खरबारी बेच्दा पनि उपचारमा खर्च जुटाउन नसक्ने अवस्था भएपछि सहयोगी मन भएका ब्यक्तिहरुले जति सकिन्छ सहयोग गरिदिनुहुन्छ कि भन्ने आश गरेका छु’ ।

सरोजलाई आर्थिक सहयोग गरिदिनका लागि प्रभु बैंकमा रहेको खाता नम्बर 1000079454000011 पनि सहयोग गरिदिन सक्नु हुने छ ।

सम्पर्क नंम्बर
बुबा: भक्तबहादुर बस्नेत 9744066419
भाई: सुवास बस्नेत 9844246439 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय