BREAKING
लिखुपिके गाउँपालिकाका वडाहरुमा काँग्रेसको प्रतिनिधी सभा बिगटन बिरुद्ध प्रर्दशन | सोलुखुम्बुको छेस्काम माबिमा कुलुङ माथी भएको सांघातिक हमलाको काँग्रेस सोलुखुम्बु द्वार कार्बाहीको माग | नेकपा (ओली समूह)सोलुखुम्बुको अध्यक्षमा बास्तोला | संसद बिगटनबारे लिखुपिकेमा नेपाली काँग्रेसद्वार बिरोध | पुर्वमन्त्री केसी लिखुपिके आउने | शेर्पा सञ्चार समुह ओखलढुंगाको अध्यक्षमा पुण शेर्पा | लिखुपिकेमा प्रचण्ड र नेपाल पक्षको शक्ति प्रर्दशन | बम्तिभण्डारमा दुईदिन देखि सुत्केरी हुन नसकेकी महिलालाई हेलिकप्टर मार्फत काठमाडौ लगियो | लिखुपिके वडा न ४ मा दोस्रो चरणको राहत बितरण | लिखुपिके ५ भकान्जेमा पुण निर्माण भईरहेको गुम्बाको ९० प्रतिशत काम सम्पन्न |

सोलुखुम्बु : सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाको वडा नम्बर २ मा रहेको बुद्ध मा.बि मा निर्माण हुन लागेको ४ कोठे पक्की भवनको काम शुरु नहुँदै विवाद शुरु भएको छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाले बिनियोजन गरेको रकमले भवण निर्माण सम्बन्धि सबै काम गर्नुपर्नेमा बिद्यायले एम.भि.दुगड हाइड्रोपावर बाट सामाजिक उत्तरदायित्वको रकम कट्टा हुने गरि बालुवा र गिट्टी ल्याएको भन्दै स्थानीय युवाले सामाजिक संजाल मार्फत बिरोध गरेपछि बिधालय व्यवस्थापन समिती अध्यक्ष तेजबहादुर बस्नेत (बिनोद)ले त्यस्को खण्डन गरेका छन । अध्यक्षमा निर्वाचित भएको छोटो समयमै नयाँ भवन निर्माण गर्नुपरेको र भवनको घडेरी नै बनाउन नपाउदै बस्नेत लाई अनियमितता गरेको हुन सक्ने भन्दै गम्भीर झुटो आरोप लागेको प्रति ध्यानाकर्षण गर्दै सामाजिक सञ्जाल मार्फत उनले त्यसको बिरोध गरेका छन ।

सामाजिक सञ्जाला देखिएको बिरोध के हो त ?
बुद्ध मा.बिमा ४ कोठे भवन निर्माणकार्य बिधालय व्यवस्थापन समितिले नै गर्ने निर्णय गर्दै काम अगाडि बढयो । गुणस्तरीय बालुवा र गिट्टी हाइड्रोपावर बाट ल्याउने कुरा भयो त्यहीँ बमोजिम बिधालयका निमित्त प्रधानध्यापक भोज कुमार खत्रीले बिद्यालयबाट पत्र काटेका थिए । तर हाइड्रोपावर लाई स्तरीय निर्माण सामाग्री उपलब्ध गराइ दिनको लागि पत्र पठाए व्यवस्थापन समितिले गिट्टी र बालुवा मिलाउने जिम्मा सदस्य पुर्ण बहादुर बस्नेत लाई दिएको जनाएको छ। तर बस्नेतले कुन प्रक्रिया बाट सामाग्री ल्याए त्यस्को जानकारी कसैलाई पनि थाहा दिएन्न हाइड्रोपावरले यस अघि त्यसरी निर्माण सामाग्रीहरु कसैलाई पनि उपलब्ध नगराउने जनाइ सकेको थियो । यहीँ कुराले शंका उब्जायो हाइड्रोपावर बाट सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम कट्टा हुने गरि सामाग्री आयो भन्दा विवादको रुप उत्पन्न भयो र सबैको ध्यानाकर्षण गरायो । तर हाइड्रोपावरले पालिकाको चिठी बिना त्यसरी सामान दिन नसकिने स्पष्ट पारेको छ भने अहिले गएको सामानले स्कुल मर्मत वा कुनै योजना बिनाको कामको होला भनेर आफुहरु झुकिएको भन्दै विवाद बाट पन्छिन खोजेको छ

वडा न २ का वडा अध्यक्ष रमेश कुमार बस्नेत यसो भन्छन

बिधालयमा व्यवस्थापन समितिले नयाँ भवन बनाउनुपर्ने गुणस्तरीय निर्माण सामाग्री खोज्दा हाइड्रोपावरमा भएको र त्यसको लागि समितिले निर्णय गर्दै वडा बाट पालिका मार्फत हाइड्रोपावरमा जानुपर्ने तर वडा तथा पालिकाले भने कुनै त्यस्तो आधिकारीक पत्र नगएको वडा न २ का वडा अध्यक्ष रमेश कुमार बस्नेतले सिदा खबरलाई बताए ।

यता बुद्ध माबिका बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष तेज बहादुर बस्नेत (बिनोद) ले भने यो कुरा सदस्य पुर्ण बहादुरको जिम्मेवारी हो कसरी ल्याएको हो थाहा छैन । मलाई अनियमितता गरेको भनी बिना प्रमाण आरोप लगाउदा मेरो मानहानी भएको बताए ।

बिगतमा यसरी एउटै योजनामा दुई ठाउँ बाट पैसा हालेर खाएको भन्दै उजुरी परेका कारण र हाइड्रोपावर सग जनप्रतिनीहरुको मिलेमतोेले यस्ता शंका बाहिर आउने गरेको छ। यस अघि पनि बुद्ध माबिको प्रबेश द्वारको गेट निर्माण कार्यको पनि चर्को बिरोध आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय