
रामेछाप : कोरोना कहरले देशका अधिकांश बिद्यालय लामो समय बैकल्पिक माध्यमबाट शिक्षण सिकाइ सञ्चालन गरिएको अबस्थामा रामेेेछापको उमाकुुुुण्ड गाउँपालिकाले पनि मङ्गलरबार देखि नियमित कक्षा सञ्चालन गरेको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखा उमाकुण्डको संयोजकत्वमा गाउँपालिकाको सबै जनप्रतिनिधि, उमाकुण्ड गाउँपालिकाको ४५ वाटै विद्यालयका प्रधानाध्यापक र बुद्धिजीवीहरूको छलफल तथा अन्तरक्रिया कार्यक्रममार्फत यस्तो निर्णय गरिएको शिक्षा ,युवा तथा खेलकुद शाखाका प्रास ङावा शेर्पाले सिदा खबरलाई बताउनु भयो ।
गाउँपालिकाले सुरक्षाको मापदण्ड र १९ बुदे आचारसंहिता सहित नियमित विद्यालय सञ्चालन गरी पठनपाठन गर्ने निर्णय गरिएको हो । साथै दातृ संघ संस्थासंग सहकार्य गरी विद्यालयमा आवश्यक पर्ने सुरक्षाको सामाग्री माक्स, स्यनिटाइजर, साबुन वितरण गर्ने निर्णय पनि भएको छ ।
विद्यालयको शैक्षिक गुणस्तर बिग्रन नदिन गएको सोमबार देखि बैशाख ३१ सम्मको शैक्षिक कार्यतालिका बनाएर लागु गर्ने त्यस्तैगरी उमाकुण्डका सबै विद्यालयमा आवश्यकताको आधारमा यस आर्थिक बर्षको बजेट बाँडफाँड गर्ने निर्णय पनि पारित गरेको छ ।
गत आर्थिक बर्षको बजेटबाट एक शिक्षक एक झोल भन्ने अभियान सहित उमाकुण्ड अन्तर्गत ४५ वटै विद्यालयमा कार्यरत् शिक्षक, विद्यालय कर्मचारी, बाल विकास सहजकर्ता सहित ३१० जनालाई झाेला वितरण गरिएको छ ।
त्यस्तै गरी कक्षा ६ देखि १२ सम्म अध्यापनरत १०८४ जना छात्राहरूलाई स्यानिटरी प्याड पनि प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाको प्रास ङावा शेर्पाले जानकारी दिनु भयो । लामो समय बिद्यालय बन्द रहँदा बिद्यार्थीहरुको शैक्षिक अबस्था खस्खदो रहेको थियो ।