BREAKING
नेपाली काँग्रेस सोलुखुम्बुका दुई नेता द्वारा स्वास्थ सामाग्री र खाद्यान्न बितरण | नेपाली काँगेस लिखुपिकेको सभापतीमा सुरज बस्नेत उप-सभापतीमा नारायण बहादुर बस्नेत र दुर्गाबहादुर बस्नेत निर्बाचित | लिखुपिके गाउँपालिकामा काँग्रेसको अधिबेशनको रौनक | लिखु जलविद्युत आयोजनाको सुरुङमा पुरिएर एक जनाको मृत्यु, दुई घाईते | हिमालयण प्रोजेक्टको सहयोगमा लिखुपिकेलाई बल्ल एम्बुलेन्स | साहस उर्जा कम्पनी लिमिटेडले जारी गरेको शेयरको नतिजा सार्वजनिक | लिखुपिके गाउँपालिका भित्रका सबै बिद्यालय भदौ २५ बाट खुल्ने | सोलुखुम्बुको लिखुपिके ३ मा रहेको ज्यालादेबीको मन्दिरमा पनि जनैपूर्णिमा मनाईयो | मद्दत नेपालको सहयोगमा तिङला स्वास्थ चौकीमा निशुल्क स्वास्थ्य शिबिर ,१ सय जना भन्दा माथिले लिए सेवा | मद्दत नेपालको सहयोगमा तिङलामा निशुल्क स्वास्थ शिबिर , १ सय जना भन्दा माथिले लिए सेवा |

सोलुखुम्बु : मङ्सिर को चिसोको प्रबाहा नगरि पर्यटकिय जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरिमा नेपाल ट्रेडयुनियन काङ्ग्रेसले श्रमिक हरु सङ्ग श्रमिक बर्गमा कोभिडले पारेको असर, जिल्ला सङ्गठन बिस्तार र ट्रेडयुनियन शिक्षा को बारेमा अन्ततरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल ट्रेडयुनियन काङ्ग्रेसका केन्द्रिय सदस्य कुल बहादुर खड्का नेपाली काङ्ग्रेस सोलुका सहसचिब कुश कुमार राइ, ने बि संघ सोलुका अध्यक्ष आश्मिन बाबु थापा र ट्रेडयुनियन काङ्ग्रेस सोलुका उपाध्यक्ष भोगेन्द्र खनाल ले मन्तब्य राख्नु भएको थियो । नेपाल बित्तीय संस्था कर्मचारी संघ, नेपाल शिक्षक संघ,नेपाल स्वास्थ कर्मि संघ, नेपाल ब्यापार तथा समबद्द श्रमिक संघ नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघ, यातायात श्रमिक संघ लगायतका श्रमिक हरुको उपस्थिति रहेको कार्यक्रममा मन्तब्य राख्दै केन्द्रिय सदस्य कुल बहादुर खड्काले हाइड्रोपावर मा काम गर्ने मजदुरहरुलाइ ब्यबस्थापनले दुख दिएको,न्युनतम अधिकार बाट बन्चित रहेको मजदुरहरु समस्यामा रहेका ले त्यस क्षेत्रमा युनियन गठन गर्नु पर्ने स्थानीय तहमा समिति बनाउनु पर्ने, पर्यटन संग सम्बन्धित पर्यटन तथा होटेल श्रमिक संघ लगाएतका सबै सेकटोरियक युनियन लाइ सकृय बनाउनु पर्ने र आधारभुत ट्रेड युनियन शिक्षा समबन्धि केहि कार्यक्रम हरु राख्नु पर्नेमा जोड दिए । नेपालि काङ्ग्रेस सोलुका ससचिब राइले मजदुर संघ सकृय हुनु पर्ने र यस्को लागि पार्टीले सहयोग गर्ने प्रतिबद्ध गर्नु भयो ।

कार्यक्रममा बोल्दैै ने.बि संघका अध्यक्ष थापा ले श्रमिक हरु संग हाम्रो हातेमालो हुने र पार्टी पनि मजदुरको साथमा हुनु पर्नेमा जोड दिनु भयो । उपाध्यक्ष खनालले आगामि दिन हरुमा जिल्ला समितिलाइ सकृय बनाउने प्रतिबद्ध गर्दै जिल्ला समितिलाई सकृय बनाउन प्रदेश र केन्द्रले सहयोग गर्नु पर्ने सिदा खबरलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय